रास्वपाले बालेनलाइ मेजोरिटी नेता बनाउन विधान संशोधन गर्ने:प्रवक्ता झा

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह-बालेनलाई संसदमा मेजोरिटी नेता निर्वाचित गर्न केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गर्ने कुरा प्रवक्ता मनिष झाले बताएका छन। बालेनलाइ मेजोरिटी नेता बनाउन संसदीय कानुन बाधक नभएता पनि केहि विवादित अंश रहेकाले त्यो पनि पुरा पालना गर्न रास्वपाले बिधि पुरा गर्न लागेको हो। 

आइतबार सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता झाले, ‘रास्वपा संसदीय दलको नेता चयनका लागि विधान संशोधनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिको बैठक कुर्नुपर्छ  ‘आन्तरिक र अनौपचारिक रूपमा हामीले त्यसबारेमा छलफल गरिरहेका छौँ।’

दलको नेताबारे निर्णय गर्न प्रक्रियागत कुराहरू पुरा गर्नुपर्ने र अहिले त्यो प्रक्रिया पुरा गर्न पार्टीका केही नेताको उपस्थिति अनिवार्य रहेको पनि रास्वपाले जनाएको छ। ‘सहमतिमा हामी जिम्मेवार छौ र प्रतिबद्धता बिर्सेका छैनौ, जसले केही तलमाथि होला कि भन्ने आशङ्का नहोस्’ प्रवक्ता झाले भने।