फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुइ-तिहाइको प्रचण्ड बहुमत प्राप्त गरेको छ।
प्रत्यक्ष तर्फ १६५ सिटमा १२५ सिट ल्याएको छ तर एउटा सिट विवादित भएकाले घोषणा बाँकी र त्यसमा पनि रास्वपाको चुनाव चिन्ह घन्टीले नै जितेको छ। त्यसैगरी समानुपातिकतर्फको मतगणना अन्तिम-अन्तिम चरणमा पुग्न लाग्दा उसले करिब ६०% मत ल्याएको छ। त्यसको अर्थ राष्ट्रिय दल नहुनेको प्रतिशत घटाउँडा ५७/५८ सम्म सिट पाउने देखिन्छ। जम्मा १८२ देखि १८४ सिट सम्म रास्वपाले ल्याउने देखियो।
२०७९ सालको निर्वाचनले राजनैतिक बरियता नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी बनाएको थियो। तर अब रास्वपा, नेकाली कांग्रेस, नेकपा एमाले र नेकपा भएको छ।
