पूर्व राष्ट्रपति ट्रंपको हत्या गर्ने प्रयास, राष्ट्रपति बाइडेनद्वारा दुस्साहसको कडा शब्दमा बिरोध

आज जुलाई १३, २०२४ शनिबार पेन्सलभेनियाको बल्टरमा चुनावी सभामा बोल्ने क्रममा पूर्व राष्ट्रपति डनल्ड जे ट्रंप माथि गोलो आक्रमण भएको छ। संभावित हत्याको संज्ञा दिइएको सो घटनामा एक जना पुरुस व्यक्तिले करिव २०० देखि ३०० यार्डबाट गोली चलाएको भनिएको छ। 

पूर्व राष्ट्रपति ट्रंप पेन्सलभेनियाको बट्लरमा आयोजित चुनावी सभालाई संबोधन गर्दैगर्दा उनि माथि गोली प्रहार भएको हो। पूर्व राष्ट्रपति ट्रंपले आफ्नो सोसल मिडियामा आफ्नो कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन्। एबिसीन्यूजद्वारा प्रेसित समाचारमा गोलीको आवाज र उनको कानबाट रगत बगेको प्रष्ट सुन्न देखिन सकिन्छ।

घटनामा पूर्व राष्ट्रपति ट्रंप सुरक्षित छन् भने अमेरिकी सिक्रेट सर्भिसका काउण्टर स्नाइपरले गोली प्रहार गर्ने व्यक्तिलाइ गोली हानी मारेका छन्। घटनामा अर्का एकजनाको पनि मृत्यू भएको छ। केहि व्यक्ति घाइते पनि भएका छन्। 

घटनापछि राष्ट्रपति जो बाइडेनले  पूर्व राष्ट्रपति ट्रंपको चुनावी ल्यालीमा भएको आक्रमण निन्दनीय र यस्तो प्रयासलाइ अमेरिकामा कुनै स्थान नभएको बताएका छन्। सिनेट र हाउसका नेता, आम नागरिक, संचार माध्यम सबैले सो घटनाको निन्दा गरेका छन्। 

त्यसैगरी एफबीआइले आधिकरिक रुपमा अनुसन्धन सुरु गरेको, गोली हाने मोटिभ अहिले सम्म पत्ता नलागेको जनाएको छ। अन्य सुरक्षा निकायले घटनाको अनुसन्धान गर्दैछन्। एफबीआइले एक प्रेसमिट गर्दै व्यक्तिको पहिचान हुन लागेको, अनुसन्धान एक्टिभ भएकाले केहि कुरा पछि मात्र जानकारी दिने जनाएको छ। घटनालाई सबैले संभावित हत्याको संज्ञा दिएका छन्। 

घटना पछि पूर्व राष्ट्रपति ट्रंप अस्पतालबाट न्यूर्क पुगेको भनिएता पनि कता जाने भन्ने कुरा सुरक्षाका कारण भनिएको छैन। अहिले न्यूयोर्क पुलिस डिपार्टमेन्टले ट्रंप टावर र आसपास क्षेत्रमा सुरक्षा कडा गरेको छ।

Comments
Related News
Latest Post