सभापति लामिछानेले भने:३७ वर्षे कुशासन अन्त्य गर्न मतपत्रबाट क्रान्ति गरौँ

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३७ वर्षदेखिको यो कुशासन र भ्रष्टाचारको अन्त्य गर्न मतपत्रमार्फत ‘चेतनाको क्रान्ति’ गर्न आम मतदातालाई अपिल गरेका छन्। निर्वाचनको मौन अबधि सुरु हुनुपूर्व उनले पार्टीको आधिकारीक फेसबुक पेजबाट भिडियो बक्तब्य मार्फत अपिल गरेका हुन्। 

भिडीयो लिंक जस्ताको तस्तै:

https://fb.watch/FBXYwtAoVQ/

 

‘मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशासनका पिताहरू अब संसदमा देखिने छैनन् । केवल सुशासन र अभिव्यक्ति स्वतन्त्रता मागेका युवाहरूको रगतले रङ्गिएका हातहरू र अनुहारहरूले संसदको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न पाउने छैनन् । कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्नेछ। देशैभरिका घन्टीवाहक उम्मेदवारहरूले मतदाताले गौरव गर्ने गरी, देशले गौरव गर्ने गरी काम गर्नेछन् ।’ :  रवि लामिछाने (सभापति,राष्ट्रिय स्वतन्त्र पार्टी)