अमेरिकी राष्ट्रपति राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रवरी २८, २०२६ शनिबार बिहान इरान विरुद्ध सैन्य कारबाही आदेश दिएसँगै अमेरिका-इजरायलको संयुक्त सैन्य आक्रमण सुरु भएको हो। यसबाट मुख्य गरी इरानका सैन्य र सरकारी स्थलहरूलाई लक्षित गरिएको छ। यो आक्रमण स्थानीय समय अनुसार दिउँसोको समयमा गरिएको हो।
एबिसीन्यूजले राष्ट्रपति ट्रंपलाइ उदृत गर्दै भनेको छ, यो सैन्य कारबाही, इरानले बारंबार दिएको धम्की र सो क्षेत्रमा क्षेप्यास्त्र र ड्रोनहरू आइपुगेको रिपोर्ट आएकाले गरिएको हो। उसो त राष्ट्रपति ट्रम्पले आज बिहानै अमेरिकी र इजरायली उद्देश्य भनेको इरानी रेजिम चेन्ज हो। यो इरानी रेजिमबाट आइपर्ने सबै खतराहरूलाई सामान्य बनाउनु हो। यसबाट अमेरिकी जनताको रक्षा हुन्छ। इरानी प्रशाशन अपराधी छ। उसले आफ्नै नागरिकहरुलाइ समेत मारेको छ।
अमेरिकी अधिकारीहरूले दिएको जानकारी अनुसार यो अपरेशन सम्भवतः केही दिनसम्म चल्न सक्छ। यो अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र राष्ट्रपति मसूद पेजेश्कियान दुवैलाई लक्षित गरिएको बताइएको छ।
