रास्वपाको पत्र मोदीलाइ भन्दै विपक्षीदलहद्वारा प्रचारित पत्र नक्कली सावित

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको पत्रलाई ‘पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित’ भएको कुरा विज्ञप्तिद्वारा बताएको छ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालद्वारा फाल्गुन १५, २०८२ शुक्रबार जारी गरिएको विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित उक्त पत्र र त्यससम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ, दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो।, विज्ञप्तिमा उल्लेख गरिएको छ। 

रास्वपाले आगामी फागुन २९ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिने र दुई देशबिचको द्विपक्षीय सम्बन्धमा खलल पुऱ्याउने उद्देश्यले यस्तो प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिएको दाबी गरेको छ। द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौँ।

रास्वपाले आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्युज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन अनुरोध गरेको छ। साथै पार्टीले यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत जनाएको छ।

विज्ञप्तिको प्रति जस्ताको तस्तै: