कांग्रेस सरकारमा, सिंह उपप्रधान तथा गृहमन्त्री, परराष्ट्रमा डा. देउबा

प्रजातन्त्रको अभ्यासलाइ लत्याउँदै दुइ ठुला दलहरुले बनाउने नेपालको संबिधानको ७६ को उपधारा (२) बमोजिमको मिलिजुली सरकारमा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने भएको छ। परराष्ट्रमा मन्त्रीमा डा. आरजु राणा देउबा हुने कुरा आन्तरिक श्रोतले बताएको छ भने केहि नयाँ अनुहार हुने कुरा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्। 

यस पहिला नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए।

सोहि अनुसार प्रधानमन्त्रीमा नियक्ति पाउँ भनि एमाले अध्यक्ष केपीशर्मा ओलीको बिन्तिपत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीको नियुक्ति यसै आइतबार गर्ने भएका छन्। उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने कुरा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

यसैबीच नेपाली कांग्रेसको बैठकलाइ उद्घोष गर्दै कांग्रेका प्रवक्ता डा. प्रकाशरण महतले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय पार्टीबाट भएको बताएका छन्। 

एमाले अध्यक्ष केपीशर्मा ​​ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनेछन्। 

श्रोतका अनुसार नेपाली कांग्रसबाट प्रकाशमान सिंह उपप्रधान तथा गृहमन्त्री र डा. आरजु देउबा परराष्ट्रमन्त्री बन्ने पक्कापक्की भएको छ। त्यसैगरी उदय शम्शेर राणा, किशोर राठोर, प्रदिप पौडेल, जीवन परियार, बद्रि पाण्डे, दिपक गिरी, रमेश लेखक लगायतका नेताहरु कांग्रेसबाट मन्त्री हुनेछन।

Comments
Related News
Latest Post