एमाले दस्ताले पत्रकार अर्जुन आचार्यमाथि कुटपिट र लुटपाट गरे

Spread the love

रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि झापा एमालेका भोलेन्टेयर फोर्सका दस्ताले भौतिक रुपमा आक्रमण लुटपाट पनि गरेका छन्। रातोपाटीले आफ्ना रिपोर्टर अर्जुन आचार्यमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

रातोपाटीका अनुसार,  रातोपाटी टिम निर्वाचनको रिपोर्टिङका लागि झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा पुगेको थियो। त्यहाँ एमाले दस्ताले उनीहरुमाथि आक्रमण सुरु गरे। सो क्रममा रातोपाटी उनको मोबाइल, चस्मा लगायत धेरै कुरा लुटियो। सो आक्रमणबाट पत्रकार आचार्यको आँखा, गाला तथा ढाडमा चोट लागेको छ।