रास्वपाका सभापति लामिछाने र बरिष्ठ नेता मेयर शाह हेटौँडामा आउने

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सो पार्टीका वरिष्ठ नेता तथा दलले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका मेयर बालेन्द्र शाह (बालेन) यहि फागुन ११ गते सोमबार हेटौँडा पुग्ने भएका छन्।

बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना हुने सभा तथा भेटघाट कार्यक्रममा उनीहरुका साथ सो क्षेत्रका धेरै उम्मेदवारहरु पनि सहभागी हुने तयारी भइरहेको कुरा रास्वपा मकवानपुर जिल्ला सचिव सञ्जीव पाठकले सार्वजनिक गरेका छन्।

चितवनमा सम्पन्न प्रदेशस्तरीय कार्यक्रमपछि हेटौँडामा सभा आयोजना गर्न लागिएको हो। रास्वपा नेताद्वय हेटौँडामा आइपुग्ने कार्यतालिका छ। दिउँसो २ बजे हुने कार्यक्रम स्थलको तयारी पूरा भइसकेको दलले बगाएको छ।