नेपालको निर्वाचनको मुखैमा पुग्दा निर्वाचन आयोगका मुख्य आयुक्ता एमालेप्रति झुकावमा गएर पूर्वाग्रही निर्णय गर्न पुगेका छन्। देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को माहोल र बहर बढेपछि उनलाई नियुक्ति दिने रुट दलको राय अनुसार रास्वपाले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने सूचना जारी गरेको छ।
एमाले र गगन-कांग्रेसले लगाएको आरोपलाइ नै हु-बहु निर्वाचन आयोगले निर्णय गर्नुले प्रमुख आयुक्त एमालेप्रति झुकाव राख्छन भन्ने प्रमाणित गरेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ।
तर यसबाट रास्वपालाइ खासै प्रभव भने पर्ने देखिएन। उनीहरुलाइ पब्लिकले चिनिसके। रास्वपा आक्रो देशको जुत्ता हेरेर खुट्टा काट्ने ओल्ड स्कूलको दल परेन। रास्वपा ब्राण्डको राजनीति गर्छ। यो नै प्रजातन्त्रको मूल आचार हो। यसमा दलको नेता को हुने भन्दा पनि नागरिकले कसलाई सपोर्ट गर्छन उसलाइ नै नेता बनाउनेमा पर्छ। त्यसैले रास्वपाले पब्लिक फिगर बालेन शाहलाइ भावी प्रधानमन्त्रीको रुपमा अगाडी सर्यो।
