सदस्यता जुन पार्टीको भए पनि रास्वपालाई भोट दिनुस:सभापति लामिछाने

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखरामा बुधबार समर्थक तथा मतदाताहरुले सदस्यता जुन पार्टीको भएपनि त्यसलाई अहिले पुजाकोठामा राखेर रास्वपालाई भोट दिनु अनुरोध गरेका छन। बुधबार कास्कीको पोखरा पुगेका सभापति लामिछानेलाई पोखराको तालचोकमा ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। पोखराका थुप्रै ठाउँ पुगेका लामिछानेको क्रेज जतापनि उस्तै थियो। हरेक ठाउँमा मानिसहरूको भिड लागेको थियो।

उनले भने, यदि तपाइँहरुले कुनै पार्टीको सदस्यता लिएको भए यसपटकको निर्वाचनमा त्यो सदस्यतालाई पूजा कोठामा राखेर रास्वपालाई भोट दिनुहोस। यति मात्र होइन यसपटक हामीलाई मौका दिएर परीक्षण गर्न दिनुहोस। देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण र कुशासनको अन्त्यका लागि असफल पुराना दलहरूको विकल्पको रूपमा रास्वपा आएको छ, उनले भने।