शुक्रबारबाट चितवनमा आफ्नो चुनावी सम्पर्क कार्यलयहरूको उद्घाटन र मतदाताहरुसँग अन्तरक्रिया र भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छोटो समयमा पनि थुप्रै ठाउँ पुग्ने र आफ्ना कुरा राख्न भ्याएका छन्।
शनिबार उनले चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १० वटा वडामा सम्पर्क कार्यालयको स्थापना गर्दै भेटघाट, अन्तरक्रिया सम्पन्न गरेका छन्।
चुनावी यो प्रचार क्रममा उनले अबका दिनमा भ्रष्टाचार स्वीकार्य नहुने, अबको रास्वपाको सरकारले पाँच बर्षमा विकल्प खोज्नु नपर्ने गरि काम गर्ने अन्यथा आफैंले विकल्प खोज्ने प्रतिबद्धता पनि व्यक्त गरे।
रास्वपा सभापति लामिछानेले वर्तमान लडाइँ भनेको भ्रष्टाचारीहरू र सुशासन चाहानेहरूका बिचको भएको बताउँदै यसलाई जरैदेखि उखेल्नुपर्ने हुनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै भोट घण्टीमा दिन आग्रह गरे। यति मात्र होइन उनले भने, यदि भ्रष्टाचार राख्ने हो भने राख्नुस्, मलाई केही भन्नुछैन तर सबै भ्रष्टाचार फाल्ने हो भने दुईवटै भोट घण्टीमा हाल्नुस्।
यति गर्दा रास्वपाको सरकार हुन्छ र आगामी पाँच बर्षका धेरै काम हुन्छन। यदि त्यसो हुन् नसके या घण्टीले पनि काम गरेन भने मै तपाइँ होइन म आफं विकल्प सोचौँला। ‘पाँच वर्षको स्थायी सरकार बनाएर त्यो स्थायी सरकारले पनि जनताको वाचा पूरा गरेन भने यसरी नाक ठड्याएर चोकमा उभिने साहस होला र मेरो ? त्यो समय कसैले घण्टीमा सदस्यता लिनुभएको छ भने च्यातिदिए हुन्छ, काम नगर्ने मान्छेलाई किन पाल्ने, अर्को कामगर्ने विकल्प आउछ।’
