लुटिएको नेतृत्वलाइ बदलिएको भन्ने अदालतको तामेली बुझ्नै नमान्ने

Spread the love

बिशेष महाधिवेशनको भड्किलो र खर्चिलो नेतृत्व लुटपछि ताम-झाममा लागेका नेपाली कांग्रेसका महामन्त्री द्वोया बिश्वोप्रकाश शर्मा र गगन थापा लुटिएको कांग्रेस नेतृत्वलाइ बदलिएको भन्न थालेका छन्। त्यसको बिरुद्धमा लुटिएका पक्षको निवेदनलाइ अदालतले म्याद तामेली पठाउँदा बुझ्नै मानेका छैनन। 

अदालतको फैसला नआउँदा सम्म उनीहरु सभापति या अन्य होइनन १४ औं माधिवेशनका महामन्त्री मात्र हुन्। फैसलाले जे दिन्छ त्यहि हुन्छ त्यो भने आउन बाँकी छ। त्यसैले उनिहरु डरले तामेली बुझ्न मानेका छैनन। अन्यथा सामना किन गर्न सक्दैनन ?

भृकुटीमण्डपमा नेपाली कांग्रेसको नाममा गरिएको भनिएको विशेष महाधिवेशन अवैधानिक भेला भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोहि रिटअनुसार दुवै पक्षलाई छलफलमा बोलाउन सर्वोच्चले आदेश गरेको थियो। 

अग्राधिकारसहित उक्त रिटलाई प्राथमिकतामा राखेर १५ दिनभित्र जवाफ फर्काउन आदेश दिएको थियो । त्यहि अदालतको पत्र उनीहरुले बुझ्न मानेन। एक कानुनि बिज्ञका अनुसार यस्तो हुँदा सर्वोच्चले म्याद नबुझेकोमा पत्रिकामा सूचना निकाल्ने र सोहिलाइ मानेर सुनुवाई हुँदै फैसला अगाडी बढाउँछ।