परिवर्तनको प्रादुर्भाव चुनौतीबाट हुन्छ ‘The Catalyst for Change is Challenge’ भन्ने मान्यता लिएका मेयर बालेन्द्र ‘बालेन’ शाहले पछिल्लो १० दिनमा नेपाल मात्र होइन दक्षिण एसियाली देशको मिडिया पनि आकर्षित गरेका छन।
उनको सोच सिम्पल छ, यदि नेपाली राजनीतिमा प्रजातान्त्रिक र सरकारको सेवामा परिवर्तन आवश्यक हो भने खराव गर्नेहरुलाइ हराउनु जरुरी छ। अनि उनीहरुलाइ हराउन हेभीवेटको चुनौती चाहिन्छ। त्यसैले बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ उनकै निर्वाचन क्षेत्रमा गएर चुनौती दिए।
हारे चुनाव हारिन्छ, जिते एमाले पार्टी नै धरासायी हुन्छ। अहिले आएर एमाले डराएको छ। ओलीको घमण्डले कमण्डलु बोक्ने बेला भएको छ। त्यसैले उनि अहिले कांग्रेस र माओवादीसंग हार-गुहार माग्दैछन। संसद जसरी पनि उल्टाउने भन्दैछन। यो जसरी भन्ने शब्दको पछाडी अर्थ खोज्नुपर्ने भएको छ। के अदालत ओलीको अधिनस्त छ ?
झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले अध्यक्ष ओलीसँग भिड्न काठमाण्डौको सहज निर्वाचन क्षेत्र छोडेर त्यहाँ पुगेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता मेयर शाह। उनले मधेस र झापा अनि पूर्वी पहाडी जिल्लाको भ्रमण सकेर पश्चिम पुगे। पश्चित र सुदुर पश्चिम पनि सकेर अहिले उनि झापा आइपुगेका छन्।
पश्चिम र सुदुर पश्चिममा उनले मतदाता र सुभचिन्तकको बाढी नै बर्साए। झापामा उनले आफ्नो निर्वाचन क्षेत्रमा टोल-गाउँ पुगेर स्थिति बुझ्ने योजना रहेको कुरा उनि निकटहरु बताउँछन्। तर मेयर शाहले यस पहिला नै आफू देशै भरि जाने कुरा बताएका थिए। अब उनि मध्ये पहाडी भेग र भित्री मधेस जाने योजना कुरा निकटहरु बताउँछन।
