श्रीस्वस्थानी ब्रत कथाको तिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त चन्द्रावतीले गोमा माता र नवराज राजालाई प्रणाम गरिन् । नवराजराजाले चन्द्रावतीलाई विछ्यौनामा वसाली चन्द्रावती छेउ सुध्याए – हे स्त्री ! तेरो मुख नदेखेको पांच वर्ष भयो । ल्याउन भनि डोलेहरू गएथे, उनी पनि फिरेनन् , तैंले पनि किन बिलम्ब गरिस् ? मॅं राजाभएको चाल पाईनस् की ? मैले त राज्यको कार्यबोझले तंलाई बिर्सिरहेको थिएं । फेरी शालीनदीका तिरमा आई किन बसिरहेकी थिईस् ? मैले त लावण्य देशका जनताले भनेर पो थाहा पाएं ।औ तं पनि अघिकी जस्ती छैनस् बडी तेजवती भैछस् , बृतान्त भन् ? यती आफ्ना पतिले सोधेपछी चन्द्रावतीले के उत्तर दिईन् ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३०
