कैलाली-४ मा कांग्रेसका बिष्टको चुनाव प्रचारमा विदेश देखि स्थानीय सम्म सपोर्ट

Spread the love

कैलाली जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनका लागी नेपाली कांग्रेसका उम्मेदवार गोरख ‘आनन्द’ बहादुर बिष्टको निर्वाचन प्रचार तिब्र गतिमा गएको छ। उनलाई विदेश देखि स्थानीय स्तरसम्म राम्रो सपोर्ट भएको कुरा बिष्टले बताएका छन्।

यो हप्ता उनको चुनावी प्रचारमा एकदमै तिब्रता आएको छ। स्थानीय पुराना नेता देखि नयाँ मतदाताहरुले समेत सपोर्ट गरेको कुरा उनको सचिवालयले अपडेट गरेको छ। यसै क्रममा बिष्टले थुप्रै ठाउँमा सचिवालय, प्रचार अफिस र सम्पर्क अफिस खोलेका छन्। घर-दैलो र साना-साना समुह भेटघाटलाइ पनि तिब्र रुपमा अगाडी बढाएका छन्।

उनको सचिवालयका अनुसार नेपाली कांग्रेस कमल कडायत, क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव जयराज फुलारा तथा गौरीगंगा नगरपालिकाका नगर सचिव हेमन्त जोशीको उपस्थितिमा सम्बन्धित वडाहरूमा प्रचार सामग्री वितरण सहित प्रचार तिब्र गरिएको छ। त्यसैगरी विभिन्न ठाउँहरुमा झुण्ड-झुण्ड बैठक पनि गरिएका छन्।

जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहेका बिष्टलाइ जनसम्पर्क समिति अमेरिकाले गत हप्ता एक जुम बैठक मार्फत सपोर्ट गर्न आवहान गरेको थियो। विदेशबाट निर्वाचनमा उठ्ने बिष्ट एक मात्र व्यक्ति हुन्। उनलाई बिश्वभरिका कांग्रेस समर्थक र प्डायस्पोरा नेपालीका थुप्रै व्यक्तिहरुले सपोर्ट गरेका छन्।