नेपालको पुरानो तथा सरकारी पत्रिका गोरखापत्रमा सरोज ढुंगेलको लेखन अनुसार यो पटक संघीय संसदको प्रत्यक्ष तर्फ धेरै मेडिकल प्रोफेशनल उम्मेदवार भएका छन्। त्यसको अग्रपंतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल र अन्य प्राबिधिकमा अग्रणी स्थान लिएको छ। ललितपुर ३ को निर्वाचनमा तिनै मध्येकी मेडिकल सर्जन (डा.) तोसीमा कार्की पर्दछिन।
रास्वपाको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ बाट मेडिकल सर्जन तोसिमा कार्की प्रतिनिधि सभा सदस्यका लागि पुन:प्रतिस्पर्धा गर्दैछिन। उसै पनि स्थानिय व्यक्ति त्यसमा पनि रास्वपाको घण्टीको देशैभरी चलेको लहर अझै त्यसको पनि झन माथि सेवा र चर्चामा रहेकी मेडिकल सर्जन कार्कीको उम्मेदवारी अर्को चर्चाको बिषय छ। स्थानीयहरुको कुराकानी, पुरानो रेकर्ड र पछिल्लो राजनैतिक विश्लेषण, विभिन्न संचार मध्येमहरुले स्थलगत रुपमा गरेको रिपोर्टिंङ्गको अध्ययन अनुसर पनि डा. कार्की फ्रन्ट रनर छिन। बाजी उनको पक्षमा छ। नेपाली चलनको शब्दमा भन्नुपर्दा पल्लाभारी छ।
डा. कार्कीले सामाजिक क्षेत्र, जनस्वास्थ्य र पब्लिक सरोकार, समग्र ललितपुर र अन्य बिषयमा उठाएका मुद्धा, संसदमा देखाएको दरिलो प्रस्तुति, अमेरिका लगायत विदेश भ्रमण गर्दा देखाएको परिपक्व विचार लगातको कारणले पनि उनि बलियो उम्मेदवार भएको सावित गरेको छ। जनरल सर्जन मात्र होइन उनि सोही क्षेत्रकी निवर्तमान सांसद, पूर्व स्वास्थ्य राज्यमन्त्री पनि हुन्।
नेपालको निर्वाचन आयोगको २०७९ रेकर्ड अनुसार ललितपुर ३ मा क्रम संख्या १५०१ देखि १५२० सम्म गरेर जम्मा २० जना उम्मेदवारहरु थिए। त्यसमध्ये रास्वपाको तर्फबाट उम्मेदवार रहेकी क्रमसंख्या १५०३ की डा. कार्कीले खसेर सदर भएको कुल मत ५८, १४५ मध्ये ३१, १३६ मत अर्थात ५३. ५५% मत ल्याएर प्रतिनिधी सभा सदस्यको लागि बिजयी भएकी थिइन।
नेपालको निर्वाचन आयोग २०७९ को आँकडा हेर्दा डा. कार्कीले प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काको भन्दा खसेको मतको १८,१७३ बढी मत ल्याएकी थिइन। अर्थात् दोब्बार भन्दा माथि पनि ५,२१० धेरै मत ल्याएकी थिइन। एक्लै ५३. ५५% मत ल्याउने डा. कार्कीले अन्य दलका मत घटाउँदा पनि उनलाई पुग्ने भरि मत यो पटकको लागि बाँकी नै छ।
२०७९ को निर्वाचनमा उनको निकटम प्रतिस्पर्धी एमालेका अमृत खड्कले १२,९६३ अर्थात् २२.२९% मात्र मत ल्याएका थिए। अनि पुर्व सभासद रहेकी नेकपा माओवादीकी चर्चित नेत्री पम्फा भुसालले ८,७६९ अर्थात १५,०८% मात्र मत पाएकी थिइन। यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने निर्वाचन पूर्व नै नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन थियो। तर पनि गठबन्धनले नतिजा लज्जासपद रुपमा तेश्रो स्थान पायो।
२०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवार त्यसमा पनि पुर्व सांसदलाइ तेश्रो बनाउन सक्नु सामान्य कुरा थिएन। अर्कातिर बलियो संगठन शक्ति भएको एमाले पार्टी त्यसमा पनि पुर्व जनप्रतिनिधि समेत रहेका खड्कालाइ दुइगुणा प्लस, करिब-करिब तीन गुणा मतले जित्नु भनेको झन् ठुलो कुरा थियो। यसर्थ पनि डा. कार्की फ्रन्ट रनर हुन्। यो निर्वाचन आयोगको आंकडाको गणित हो कुनै बनावटी स्वार्थको कथन होइन।
आर्को आँकडा, संवत २०७४ को निर्वाचनलाइ फेर्केर हेर्दा पनि स्थिति उनकै पक्षमा छ। नेकपा माओवादीकी नेत्री पम्फा भुसालले तत्कालिन एमालेसँगको गठबन्धनमा २४,०३६ मत ल्याएर बिजयी भएकी थिइन। त्यो समय नेपाली कांग्रेसका मदन बहादुर अमात्यले २२, ३२८ मात ल्याएर दोश्रो स्थान हासील गरेका थिए। यहाँनेत्र कण्डिशन के थियो भने स्वतन्त्र र माओवादी पीडित पक्षले त्यो समय कुनै ठाउँ नहुँदा मत कांग्रेसलाइ दिए। तर यो पटक त्यो स्थिति छैन। सबै दलका आ-आफ्नै उम्मेदवार छन् तर नागरिक उनीहरुका पक्षमा छैनन।
अर्को कुरा संबत २०७९ को निर्वाचनमा कांग्रेसको मत घण्टीमा गयो भनेर एका पक्षको बिशेलेषण छ। त्यसलाई एकछिन मान्ने नै हो भने पनि डा. कार्कीले दोब्बर भन्दा बढी अर्थात कांग्रेसका अमात्यले ल्याएको पुरै मत अनि २०७९ को समानुपातिक मतको नतिजा हेर्दा या त्यो घटाए पनि ५/७ हजारभन्दा भन्दा धेरै मत डा. कार्कीको पाएको रेकर्ड छ। यो पटक माओवादी, कांग्रेस, एमाले सबैका उम्मेदवार छन्।
अर्को सुन्दा झिनो तर बलियो पक्ष छ। २९७४ को निर्वाचनमा विवेकशील साझा पार्टीले सो क्षेत्रमा ७,६२८ मत ल्याएको देखिन्छ। अहिले त्यो पार्टी र रास्वपा एकिकृत भएका छन्। यो डा. कार्कीको लागि अर्को बलियो पक्ष हो। सबै जोडेर हेर्दा डा. कार्कीको पक्षमा यो पटक मत भारी नै देखिन्छ।
पछिल्ला दुइ फरक गठबन्धनको नतिजा, अहिले नेपाली कांग्रेसमा गगन थापाले लुटेको पार्टी नेत्रित्वबाट पिडिप पक्षको आक्रोसको अन्तर्घात त बाँकी नै छ। गत निर्वाचनमा एमाले र माओवादीको कम्जोर मत परिणाम, जेनजी आन्तोलनमा एमाले र कांग्रेसले गरेको अत्याचारले युवाहरुले गुमाएको ज्यानले पनि फरक पर्दछ।
यो पटक उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र श्रेष्ठ, एमालेका सन्दन थापा मगर दुवै सबै नयाँ हुन् तर चर्चित भने छैनन। नेकपाका राजकाजी महर्जन महर्जन प्रदेशसभा निर्वाचन २०७४ मा ललितपुर ३ (क) गठबन्धनबाट विजयी भएका थिए। तर एक्लै जित्ने माओवादीको हैसियत छैन भन्ने कुरा पुरानो मत परिणामले देखाएको छ।
अर्को बलियो पक्ष मेयर बालेन शाहको रास्वपा प्रवेस, बरिष्ठ नेताको हैसियतबाट उम्मेदवार हुनु, त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ नै चुनौती दिएर उनकै प्रतिस्पर्धी हुनु, रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको प्रस्ताव गर्नु, राष्ट्रिय स्तरमा आएको यो हप्ताको बालेन र रास्वपा घण्टीमय लहरले पनि डा. कार्कीलाइ नै पल्लाभारी बनाएको छ।
अन्तमा, विश्लेषणको सवल पक्ष भनेको २०७९ को समानुपातिक मतलाई आधार मान्दा कांग्रेस, एमाले र नेकपा कसैले पनि जित्ने संभावना छैन। डा. कार्की जेनजी आन्दोलनमा सधैं साथमा थिइन। उनले घाइतेहरुलाइ उपचार समेत गरिन। अहिले उनको समर्थन र घरदैलोमा देखिएको सपोर्ट घटेको देखिएन। झन् बढेको देखियो। त्यसैले यो फागुन २१ को निर्वाचनमा रास्वपाकी उम्मेदवार डा. कार्कीलाई अग्रस्थान मिलेको देखिन्छ।


