श्रीस्वस्थानी ब्रत कथाको पच्चीसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त लावण्य देशमा त्यहांका मन्त्रीहरूले हात्तीलाई सुवर्णको कलश,फूलको माला दिई राजा खोज्न लगाईराखेका थिए ।लोकहरूले नाना वस्त्र, अलंकार पहिरी राजा होईजाउंला कि भनि हात्तीका नजीक गै अगि-पछि हिंड्न लागे ।नवराज ब्राम्हण पनि पाटीमा बसी हेरिरहेका थिए । हरि-हर हात्तीमा प्रवेश गरी नवराज ब्राम्हणका नजीकमा गै फूलको माला गलामा लगाईदिइ सुवर्णको कलशले अभिषेक गरि नवराज ब्राम्हणलाई सुंढले पिठिउंमा बसाली दरबार तिर लग्यो। त्यो देखी लोकहरूले के भने ?थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय २५
