पूर्वमा तहल्का पिटेपछि मेयर शाहको अर्को दौड पश्चिमतिर

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सो पार्टीद्वारा भावी प्रधानमन्त्रीको लागि प्रस्तावित मेयर बालेन्द्र ‘बालेन’ शाहले पुर्वमा ६ दिनमा तहल्का पिटेपछि काठमाण्डौ फर्किए। 

प्रदेशभरका रास्वपा उम्मेदवारहरूसँग छलफल गरेका छन् । छलफलका लागि पार्टीका तर्फबाट संयोजन गरेका सचिवालय सदस्य गणेश पराजुलीले निर्वाचन तयारीबारे छलफल भएको बताए । बागमती प्रदेशमा भएका सबै उम्मेदवारसँग तत्तत् क्षेत्रको तयारी अवस्था र सहयोगबारे छलफल भएको कुरा ललितपुर ३ की उम्मेदवार तथा नेत्री डा. तोसिमा कार्कीले बताइन।

भ्यालीका आफ्ना दलका उम्मेदवारहरुसँग भेटेपछि पश्चिमको दौडाहा बनाएका छन। उनको मेनेजमेन्ट टिम हल्ला नै नगरी सबै कुराको तयारी गर्छन। अन्य दल आफ्ना कार्यकर्तामा पर्छन मेयर शाह बिज्ञ टिमको योजनामा चल्छन। उसैपनि मेयर शाह त्यसमाथिको रास्वपाको अहिलेको थेगी नसक्नु पब्लिक सपोर्ट। यसले मेयर शाहलाइ सत्ताको नजिक पुर्याएको छ।

जनकपुरमा पहिलो चुनावी सभाबाट नेपालका सबै दललाइ चकित पार्न सफल भएका मेयर शाहको झापा र पुर्वी पहाडी जिल्लालाइ सलक्क फर्काए। झापा जिल्लाको निर्वाचन क्षेत्र ५ मा आफ्नो मनोनय गरेर उम्मेदवार भएपछि उनि चुनावी प्रचारमा निस्किएका छन। यस पूर्व नै उनले देशैभरि जाने बताएका थिय।

झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीलाइ धेरैले राजनैतिक सांस्कार नभएको, घमन्डी सिनियर नेतालाई नछोडेको जस्ता आरोप लगाए। तर उनिको योजना भनेको हरे चुनवा जिते एमाले शट-डाउन थियो। आखिर उनको नै जित भएको छ। अन्य दलहरु जे मुखमा आयो त्यहि बोल्छन तर मेयर शाह पब्लिक सर्भे र अध्ययन गरेर मात्र बोल्छन, चल्छन र काम गछन। त्यसैले उनि सफल छन्।

दोश्रो चरणको चुनावी प्रचारका लागि मेयर शाह सुदूरपश्चिम निस्किँदै छन्। मेयर शाह सुदूरपश्चिम भ्रमणमा निस्किन लागेका छन्। सुदूरपश्चिमका सबै जिल्ला जाने योजनामै छन भनेर उनको सचिवालयले बताएको छ। सोमबार उनि काठमाडौंबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाम सम्म जानेछन। त्यसपछिको योजना भने पब्लिक गरिएको छैन।