जब बालेन शाह काठमाण्डौको मेयरमा प्रतिस्पर्धा गर्दैथिए एमाले दलले उनलाई र्याप गाउन जाउ भनेर खिसी ट्युरी गर्यो। कांग्रेसबाट मेयर भिड्दै गरेकी कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले पनि शाहलाइ बच्चा भनेर कम आंकलन गरिन। तर बालेनले पुरा तयारीका साथ आएको र बताउँदैथिए। लौरो लिएर उनि चुनावमा गए, बिजयी भए। त्यो समय लौरो र चितवनको कटहर चर्चामा थिओ। पछिलो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलको उच्च स्तरको नेता मान्दै मेयर बालेन्द्र ‘बाले’ शाहलाइ भावी प्रधानमन्त्रीका रुपमा अगाडी सारेको छ।
नेपाली राजनीनिमा व्यक्ति हत्याको माहोलबाट आएका खड्ग प्रसाद ओली अहिलेका केपी शर्माओलीको राजनीति करिब-करिब ५-६ दशकको हुन लाग्यो। उनले उनको एमाले पार्टीको अध्यक्ष, धेरै पटक सांसद, मन्त्री र प्रधानमन्त्री सम्मको जिम्मेवारी पाए। तर नेपाल र नेपालीको आर्थिक सामाजिक स्तर माथि ल्याउन सकेनन। केवल जोक मार्नु बाहेको उनले कुनै पहल नै गरेनन।
अहिले आसन्न संसदीय निर्वाचनमा तिनै शर्मा ओलीलाइ उनकै झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा गएर मेयर शाह अर्थात् बालेन शाहले चुनौति दिएका छन। पहिलो कुरा त मेयर शाहको झापामा उठ्ने चासो सुन्ने बितिक्कै ओलीको सात्तो उड्यो। बड्बडाउन थाले। कहिले डेरा खोज्दिने त कहिले कुनी केको जोक गाउँन थाले। त्यसैले उनको ६ दशकको राजनीति ६ दिनमा धर्मरायो। ६ दिनमा साइजमा आएको ओलीको राजनीति अबको एक महिनामा किनारा लाग्ने देखियो।
मेयर शाहले महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर जनकपुरमा रास्वपाको राजनैतिक स्टेजमा दलीय डेब्यु गर्न पुगे। जनकपुरमा उनको भाषणले तहल्का मात्र पिटेन अन्य दलको सातो नै खाओ। किनकी कम बोले पनि उनि नतिजा दिने व्यक्ति हुन्। बिषयलाइ अध्ययन गरेर योजना गर्नेमा पर्छन।
जनकपुरबाट उनि आफ्नो निर्वाचन क्षेत्र झापातिर लागे। प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गर्नको लागि मंगलबार झापाको दमक पुगे। उनको झापा बसाइले झापामा राजननैतिक रनक बढायो। पार्टी प्रवेस देखि दल छोडेर घण्टी बजाउने लाइन बढ्यो। त्यसको लागि गगन थापाको लुटेको कांग्रेस र एमालेले तालमेल गर्न थाले।
त्यसपछि उनि झापासँग जोडिएका पूर्वका पहाडीहरुका साथ् सेरोफेरो पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, मोरङ, सुनसरी, झापा, इलाम धनकुटाको भ्रमण गरे। उनको यो ६ दिनको दौडाहाले रास्वपा र मेयर शाहलाइ ठुलो उच्चाहीमा पुर्यायो। त्यसको सिको गर्दै फेरि शर्मा ओलीले पनि भावी प्रधानमन्त्री भनेर आफूलाई स्वघोषित गरे।
