बिक्रम संबतको क्यालेन्डर अनुसार प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पुरा गर्दै श्रीपञ्चमी पर्व मनाइञ्च। यसैदिन साना बाल-बालिकाहरुलाइ अक्षर चिनाउने दिनको रुपमा पनि लिने गरिन्छ। यस दिन सरस्वतीको पूजा गर्दा विद्या, ज्ञान, बुद्धि र विवेक बढ्ने कुरा विश्वास गरिन्छ।
यस दिन काठमाण्डौको बसन्तपुर, हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने चलन छ। पहिला राजाहरु पछि राष्ट्रपतिले सो वसन्त श्रवण जाने चलन छ। सो समय उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहने गर्छ।
या कुन्देन्दु:
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता,
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥
