काठमाण्डौमा हार हुने डरले सर्लाही क्षेत्र नम्बर ४ मा भागेका कांग्रेसका गगनकुमार थापाको यो पटक भने हार निश्चित भएको छ। यस पहिला नै स्वतन्त्र उम्मेदवारले भएर जितेका डा. अमरेशकुमार सिंहले सजिलै थापालाई हराउने कुरा स्थानियहरु बताउँछन्।
२०७९ को निर्वाचनमा २०,०१७ मत ल्याएर विजयी भएका सिंह यो पटक उनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका छन्। रास्वपाको जनकपुर सभादेखि उर्लिएको तराइले उनलाई फेरी पनि जिताउने कुरा सर्बत्र छ। त्यो समय नेपाली कांग्रेसले १८,२५३ मत ल्याएको थियो। त्यहाँ अरु स्वतन्त्रले पनि १४,६२२ मत ल्याएकोमा अब कांग्रेसको भन्दा दोब्बरले जित्ने कुरा सर्लाहीबसीले दावी गरेका छन।
सर्लाहीबाट अमेरिका बसेका एकजनाले कांग्रेसीले भने, ‘यो पटक कांग्रेसकै भोट गगनले पाउँदैनन, सबै भन्दा ठुलो अन्तर्घात नै त्यहाँ हुन्छ। गगन त जित्दैन।’ यो पटक अमरेशले गगन थापाको भन्दा करिब-करिब दोब्बर मत ल्याउने दावी उनको छ। उसै पनि गत संसदमा सबैभन्दा एजेन्डामा बोल्ने र पब्लिकका बिषय उठाउने मध्येमा डा. सिंह अग्रपंक्तिमा थिए।
