नेकपा एमालेले टिकेटको लागि माल-पानी लिने गरेको कुरा केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक रूपमा नै खुलासा गरेका छन। अध्यक्ष ओलीलाइ मालपानी नदिएकै कारण दैलेख-२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि टिकेट नदिएको कुरा फेसबुकबाट सार्वजनिक गरेका छन।
राजनीतिमा तीन दशकभन्दा बढी समय सक्रिय रहेको उल्लेख गर्दै रिजालले आफूले कहिल्यै पनि व्यक्तिगत लाभ, आर्थिक प्रलोभनमा वा सत्ताका लागि सम्झौता नगरेको दाबी गर्दै लेखपढ, वैचारिक पैरवी, उच्च शिक्षा (पीएचडी अध्ययन) र देश–विदेशका मञ्चहरूमा सहभागितालाई नै आफ्नो राजनीतिक पूँजी ठानेको उनको भनाइ छ।
