नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको पदावधि समाप्त भएको भन्ने अनि तिनै प्रतिनिधिको पदावधि चाहिँ बाँकी रहेको भन्दै दलिय ‘कु’ गरेर आएका गगन थापा बिरुद्ध उनकै पार्टीले सर्वोच्चमा मुद्धा दिने भएको छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध आधिकारिक देउवा समूह सर्वोच्च अदालत मुद्धा दिन पुगेकाे छ। कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च रिट दिन पुगेको छ। सो पक्षका कानुन ब्यबसायी अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन्।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको र त्यसलाई नियतवस निर्वाचन आयोगले आधिकारिकता दिएको भन्दै उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ।
