गिरेको एमाले दल त्यसमा पनि कम्युनिष्ट पार्टी उसमाथि केपी ओली अध्यक्ष रहेको दल अब त्यो भन्दा नुन-पिरो नमिलेको अचारको उदाहरण अर्को नहोला। त्यसैका पछि लाग्दा नेपाली कांग्रेस ठुलो दल भयर पनि सरकारको नेतृत्व गर्न सकेन अनि अन्तमा फुटेर टुक्रियो। गगन थापाले एमालेको मुतको न्यानोमा उफ्रेका छन् तर एमालेको पुपले उनलाई कमोडमा नै फ्लस गर्छ।
एमालेकै लहै-लहैमा प्रचण्ड, नेपाल, रावल लगायतको राजनीति किनारा लाग्यो। अहिले पनि गत महाधिवेशनमा अन्तर पार्टी विपक्षीलाइ किनारा लगाए। तर समय सधैं एकै खालको र एकै व्यक्ति हुँदैन। अबको चकनाचुर हुने पालो एमालेको हो, केपी ओलीको हो। समय हो, ढिलो या छिटो एमाले फुटेर जान्छ। चुनावमा चकनाचुर हुने देखेपछि चुनाव भाण्ड्न ओलीटिक्सको खिचडी पाक्दै छ।
अब मेयर बालेन शाहले तिनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ ठाडो रुपमा निर्वाचनमा चुनौती दिएका छन्। शाह चुनौती दिने मात्र होइन नतिजा दिने मध्येमा पर्छन भन्ने कुरा प्रमाणित नै छ। त्यसैका कारण ओलीले आफ्नै दाइजो मानेको झापा ५ मा चुनावी गर्मी बढेको छ। उनि त्यो क्षेत्रमा २०४८ सालदेखि २०६४ साल बाहेक लगातार जित्दै आएका छन।
तर जेनजी आन्दोलनका बेला सत्ताको दुरुपयोग गरेर नागरिक मारेका ओलीलाई यो चुनावले नतिजा नेगेटिभ दिने पक्का नै भयो। मेयर शाहले झापा ५ को दमकमा सचिवालको लागि घर भाडामा लिएका छन्।
गत निर्वाचनमा एकल बाघ मानिने रवि लामिछानेको राजनैतिक यात्राले नै नेपाली राजनीतिमा तहल्का मच्चायो। प्रजातान्त्रिक बिधिमा अरुलाई पनि जान बाध्य बनायो। अब त बालेन शाह सहित दुइवटा बाघ रास्वपामा आएका छन्। जेन-जीका अभियन्ता यसैमा धेरै छन्। के यिनलाई थेग्ने हिम्मत गिरेको एमाले, फुटेको कांग्रेस र भागेको नेकपामा छ?
