लामिछाने माथि राजनैतिक प्रतिसोधको लागि दर्ता गरिएका मुद्धा फिर्ता

Spread the love

समय सधैं एकै नासको हुँदैन। आफूलाई भगवान नै ठान्ने कांग्रेस-एमालेको पूर्व सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राजनैतिक प्रतिसोधको लागि विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ। 

जनवरी १४, २०२६ बुधबार नेपाल सरकार महान्यायाधिवक्ता सबिता भण्डारी बराललेले महान्यायाधिवक्ता कार्यालयमार्फत उक्त अभियोग फिर्ता लिएको हो। महान्यायाधिवक्ता कार्यालयले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ। यससंगै अब कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन्।