नेपाली कांग्रेसको इतिहासमा दल फुटेको यो दोश्रो पटक भएता पनि दल फुट्ने कुरा पहिला नै पक्का जस्तै थियो। सभापति शेरबहादुर देउबाले विशेष महाधिवेशन गर्दा पार्टी फुट्छ भनेकै थिए अन्तत त्यहि भयो।
कांग्रेस फुटाउन गत दुइ बर्ष देखि नै लागि परेका निवर्तमान महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा सहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ।
जनवरी १४, बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले शर्मा र थापा नेतृत्वको फुटेको काँग्रेस बनेको छ। तर भनिए अनुसार उपस्थित प्रतिनिधिहरु दल फुटाउने लाइनमा थिएनन। देउबा पक्षले यसबाट काँग्रेस अझै पनि चोइटिएको हो, बाँकीहरु घर फर्कन्छन भन्ने आधिकारिक विज्ञप्ति नै जारी गरेको छ।
शर्मा र थापा कांग्रेसकै सभापति देउबा र नेता डा. शेखर कोइरालालाइ सिध्याउन लागि परेका थिए। यति मात्र होइन उनीहरु कहिले रवि लामिछाने त कहिले दुर्गा प्रसाई सक्न लागि परे अन्तत आफैं फेला परे।
