आयोगको कालो सूचीमा परेकाले कांग्रेस महामन्त्री थापाद्वारा उम्मेदवार नहुने घोषणा

Spread the love

नेपालको राष्ट्रिय निर्वाचन आयोग सूचना अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाको कालो सूचीमा बरेकाले उम्मेदवार हुन नपाउने भएकाले आफूले उम्मेदवार नहुने घोषणा गरेका छन्।

गत २०७९ सालको निर्वाचनमा काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचित भएका थिए। निर्वाचन आयोगको कानुनी प्राबधान अनुसार उम्मेद्वाराले निर्वाचन सम्पन्न पछि आफ्नो निर्वाचन आम्दानी र खर्च विवरण आयोगमा बुझाउनुका साथै सार्वजनी पनि गर्नुपर्छ। तर महामन्त्री थापाले त्यो दुवै गरेनन।  

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका निर्वाचनमा उम्मेदवार भएर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने दुवै खाले उम्मेदवार आयोगको कालो सूचीमा रहेको जानकारी दिएका छन्। 

उनका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने १०८० जना उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। उनीहरु कानुन अनुसार आगामी फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउँदैनन्।
त्यसैले गर्दा महामन्त्री थापाले आफू उम्मेदवार नहुने घोषणा गरेको खुलासा कांग्रेस नेताहरुले नै खुलाउन थालेका छन। सूचीको लिस्टको संख्या ६४९ मा थापाको नाममा १५ हजार जरिवाना सहित उल्लेख छ।

पुरा लिस्ट हेर्न यो हाइपर्लिङ्क क्लिक गर्नुहोस