डिसेम्बर २५ अर्थात Christmas/क्रिसमस डे

Spread the love

हरेक बर्ष डिसेम्बर २५ का दिन कृष्टमस/क्रिसमस/ख्रिस्टमस (Christmas) को पर्दछ। क्रिसमस इश्वोर पुत्र जेसस क्राइस्ट (Jesus Christ) को जन्म भएको उपलक्षमा मनाइने जन्मोत्सव हो। क्राइस्टका बिश्वासी र बाइबल अनुसार जेसस मानवतालाई बचाउन इश्वोरको प्रेम प्रकट गर्न संसारमा आएका भन्ने विश्वास छ। ईसाईहरूले यस दिनलाई भजन सहित प्रार्थना गरेर र दान-पुण्यका काम गरेर मनाउँछन्।

बाइबल अनुसार क्रिसमका दिन जेससको जन्म कुनै दरबारमा नभएर इजरेल, बेथलेहमको एउटा गोठमा भएको थियो। धेरै रेकर्ड अनुसार उनको जन्म सम्बत ४ देखि ६ बिसीको बिचमा भएको मानिन्छ। त्यसैले उनलाई उच्च होइन साधारण मानिसहरू र गरिबहरूको नजिक थिए भन्ने विश्वास गरिन्छ। 

बाइबलको (Luke 2:11), (Matthew 1:21), (Matthew 1:23), (John 3:16), Luke 2:1–20, Matthew 1:18–25, John 1:14, अनुसार यसैदिन दाउदको शहरमा जन्मिएका जेससलाइ मुक्तिदाताको नाम दिएको छ र उनलाई मसीह, प्रभु भन्ने गरिन्छ। मरियमले एउटा एउटा पुत्र जन्माउनेछिन् र तिमीहरूले उनको नाम यशु राख्नेछौ, किनकी उनै यशुले मानिसहरूलाई पापहरूबाट बचाउनेछन। उनको नाम इम्मानुएल राख्नेछन् जसको अर्थ परम इश्वर नै हामीसँग हुनुहुन्छ भन्ने हुन्छ। इश्वोर अत्यान्दै दयालु हुनुहुन्छ त्यसैले आमो एक मात्र प्यारो पुत्र पनि मानिसहरुको मुक्तिको लागि दिनुभयो भनिन्छ।