रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल निलम्बित

बहुदल आएपछि उन्मत्त भएका राजनैतिक दलहरुले नेताहरुलाई आजीवन आम माफी गराउने गरेका छन्। ज्यान केशमा जेल परेकालाई पनि छुटाएर मन्त्री र संसाद बनाएका छन्। त्यो खाले बानी परेकाहरुलाई बिधि र कानुन बाहिर जाँदा पार्टीले जिम्मेवारी मुक्त गर्छ भन्ने नै गलत लाग्छ। 

नेपालका साबि राजनैतिक दलहरुहरुमा प्रजातान्त्रिक पद्धतिमा खडेरी गएको बेला एक मात्र प्रजातान्त्रिक विधिले चल्दै गएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो बर्ष दुइजना व्यक्तिलाइ पार्टीबाट बर्खास्त र निलम्बन गरेको छ। पछिल्लो समय प्रायोजित रुपमा मुखमा चुकुल ठोकेर उग्र भएका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार १२ घण्टा भन्दा लामो समय बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट समेत निलम्बन गरेको हो।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ। साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ। त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ।

केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ। बैठकमा महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए।

Comments
Related News
Latest Post