UNDO को साधारणसभा, UNDO-MIT Foundation को Nepal Beyond Borders सम्मेलन सम्पन्न

Spread the love

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा २०२४ मा दर्ता भएको United Nepali Diaspora Organization (UNDO) सँस्थाको दोश्रो साधारण सभा र अष्ट्रेलियामा डा. शेष घले र जमुना गुरुङद्वारा स्थापित MIT Foundation संगको साझदारीमा डिसेम्बर २१, २०२५ का दिन “Nepal Boyong Borders” NBB सम्मेलन सम्पन्न भएको छ। 

UNDO ले बिश्वोका २६ भन्दा धेरे देशमा संस्था बिस्तार गर्ने योजना तय गरेको छ। त्यसैगरी MIT Foundation र अन्य संस्थाहरुसंग मिलेर दुइवटा ठुला परियोजना र अन्य दर्जन भन्दा धेरै साना प्रोजेक्टहरु समेत गर्ने भएको छ।  

Nepal Beyond Borders एक दिने सम्मेलन 

नेपाली राजदूताबास दक्षिण कोरियाका लागि Deputy Chief of Mission निर्मल प्रसाद भट्टराइको प्रमुख आतिथ्यमा कोरियाको राजधानी सिउलमा डिसेम्बर २१ आइतबारका दिन आयोजित Nepal Beyond Borders-NBB एक दिने सम्मेलनमा कोरियाका विभिन्न बिश्वो बिद्यालयका प्राध्यापक, ब्यापारी, उद्यमी, बिज्ञ र डायस्पोरा नेपालीहरु उपस्थित रहेका थिए। अन्य देशका बिज्ञ र उद्यमी ब्यापारीहरुसँग गरिएको यो नयाँ खाले सम्मेलन हो। 

सम्मेलन र साधारण सभाको उद्घाटन नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराई, UNDO का सभापति सोनाम लामा र MIT Fountain का संस्थापक तथा अध्यष डा. शेष घलेले गमलाको बिरुवामा पानी दिएर संयुक्त रुपमा गर्नुभएको थियो। साधारण सभा तथा सम्मेलनका प्रमुख बक्ताको रुपमा बोल्दै कुनैतिक नियोग उपप्रमुख भट्टराइले नेपाल र कोरिया बिचको सुमधुर सम्बन्ध थियो छ र अझै बढाउने काम हुँदै गरेको जानकारी गराउनु भयो। यसमा यो सम्मेलनले थप सहयोग पुग्ने अपेक्षा व्यक्त गनुभयो। 

उहाँले कोरिया र नेपाल बिच कुटनैतिक मात्र होइन पर्यटन, ब्यापार, प्रबिधि लगायत अन्य थुप्रै क्षेत्रमा दुइपक्षीय साझेदारीको ठुलो संभावना रहेको कुरा पनि बताउनु भयो। नेपाली राजदूताबासले नेपाली समुदाय, नेपाल र कोरियाबीचको कुटनैतिक संबन्ध, ब्यापार र थप संभावनाहरुको लागि सधैं पहल गर्ने र यसबाट थप सहयोग पुग्नेको अपेक्षा पनि गर्नुभयो। 

उद्घाटन कार्यक्रममा MIT Foundation का संस्थापक तथा अध्यक्ष डा. शेष घले र UNDO का सभापति सोनाम लामाले आफूहरुले संस्थाको तर्फबाट हरेक कुराहरु नयाँ खालका गर्ने गरेको त्यसमा पनि अर्को पुस्ता (Next Generation) को लागि केन्द्रित गर्ने गरेको बताउँदै यो सम्मेलन पनि त्यसैका लागि लक्षित गरिएको बताउनु भयो। सम्मेलन मुख्य गरि तीनवटा बिषयमा केन्द्रित गरिएको थियो। 

पहिलो सेसन Financial Future: From Policy to Prosperity-Financial Nepali Sustainable Growth थियो। यो सेशनलाइ Prof. Dong Woon Han, Finance Consultant, OECD Projects & KOICA ले मोडरेट गर्नुभएको थियो। त्यसमा Mr. Kwon Yul – Senior Research Fellow, Vice-President, Planning & Management, KIEP अनि Dr. Shesh Ghale – Co Founder, MIT Group र Mr. Kwan Jeahung – Researcher at Korea Institute of Fusion Energy प्यानलिष्ट हुनुहुन्थ्यो।

दोश्रो सेशन  Investing in People and Places: Tourism and Diaspora as Drivers of Economic Growth मा थियो। यसलाइ Mr. R. P. Devkota, Tourism Entrepreneur, Seoul-Kathmandu ले मोडरेट गर्नुभएको थियो। यसका प्यानलिष्टहरुमा Mr. Nirmal Prasad Bhattarai, Deputy Chief of Mission, Embassy of Nepal, Republic of Korea, त्यसैगरी Mr.  Lee Gundong, CEO, Loglo Outdoor, Korea र Ms. Jamuna Ghale Gurung, Co-Founder, MIT Foundation हुनुहुन्थ्यो। 

त्यसैगरी तेश्रो सेशन From Vision to Venture: Strengthening Opportunities & Partnerships मा थियो। यो सेशनलाइ

Dr. Bojindra Tulachan, Professor of Labour, Employment and Human Resources, Gyangseo University, Republic of Korea ले मोडरेट गर्नुभएको थियो। सेसनका प्यानलिष्टहरुमा Mr. Yang Kwang Young – Head of Foreign Sales Division, Jeonbuk Bank o Mr. Jinsol Hwang – CEO, The Bridge International र Mr. Binod Kunwar – Chairman and Founder of Binod Corps & KME Group of Companies रहनु भएको थियो। 

डायसपोरामा नेपालीहरुद्वारा नेपाल सरकारका राज्दूतावासको आतिथ्यतामा संबन्धित देशका सहयोगी संस्था, प्राध्यापक, अन्य बिज्ञ, उद्यमी र ब्यापारीहरुसँग साझेदारीमा गरिएको यो पहिलो सम्मेलन भएकाले फरक र नयाँ कुराहरु आएका छन्। प्राप्त निचोड र सुझावहरुलाइ संस्थाल प्रतिवेदन सहित नेपाल सरकार समक्ष सहजीकरण र कायान्वयनका लागि पहल समेत गर्ने भएको छ।

दोश्रो बार्षिक साधारण सभा सम्पन्न

UNDO का सभापति सोनाम लामाको सभापतित्वमा संस्थाको दोश्रो बार्षिक साधारण सभा संस्थापक सदस्यहरु र पंजीकृत सदस्य प्रतिनिधिहरुको उपस्थितिमा दक्षिण कोरियामा सम्पन्न भएको छ। सभाले कार्यसमितिबाट पारित भएर आएका निम्न एजेन्डाहरुमा छफल सहित अनुमोदन र पारित गरेको छ: 

१. Strategic Planning 2025-2027: Organizational Development & Culture of Branding

कार्यसमिति सदस्य तथा प्रवक्ता कृष्ण केसीद्वारा प्रस्तुत संस्थाको Strategic Planning 2025-2027: Organizational Development & Culture of Branding कार्यसमितिबाट पारित भएर आएको प्रस्तुत योजनालाइ अनुमोदन गरेको छ। यसमा UNDO ले आफ्नो कार्यकाल २०२५-२०२७ सम्म संख्या भन्दा गुणात्मक कुरालाई घ्यान दिएर योजना गरेको छ। जस अनुसार संस्थाले आफ्नो पांच (५) क्षेत्रहरु Middle East and Africa, Europe, The Americans, Asia र Oceania मा गरेर २६ भन्दा धेरै देशकमा राष्ट्रिय संगठन बनाउने, बिस्तारै जाने तर ५०० भन्दा धेरै पंजीकृत पुर्याउने, दुइवटा ठुला प्रोजेक्ट गर्ने, ३० देखि १०० को हाराहारीमा Next Generation प्रोजेक्टहरु गर्ने, सँस्थालाइ आर्थिक रुपमा सबल बनाउने योजनाहरु समत गरेको छ। 

 २. आर्थिक प्रतिवेदन र अडिट रिपोर्ट

साधारण सभाले संस्थाका कोषाध्यक्ष उल्का घिमिरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र अडिट रिपोर्ट अनुमोदन गरको छ। साथै आगामी बर्षको लागि तयार गरिएको बजेट, अदिटरको मनोनयन लगायत आर्थिक पाटो सँग संबन्धि आवस्यक निर्णय समेत गरेको छ। 

३. एक बर्षका गतिबिधिहरु

साधारण सभाले सँस्थाकि सचिव डा. संगीता कार्की कुँवरद्वारा प्रस्तुत एक बर्षका गतिबिधिहरुलाइ छलफल सहित पारित गरेको छ। योजना गरिए अनुसार MIT Foundation सँगका २ वटा ठुला साझेदारी सम्मेलनहरु सफल भएका छन्। नियमित रुपमा सभा र महाधिव्शन सम्पन्न भएका छन्। संस्था सफल रुपमा अगाडी बढेको नतिजा छ। नेपाल सरकारसँग आवश्यक एजेन्डाहरुमा नियमित लवी गरेको जानकारी प्रतिवेदनमा छन्। MIT Foundation को योजनामा सम्पन्न भएका Green Hydrogen र Nepal Beyond Borders अनि युवा उधमी सम्मेलन गरि तीन प्रमुख सम्मेलनहरु सफल रुपमा सम्पन्न भएका छन्।

कृष्ण केसी 

प्रवक्ता 

United Nepali Diaspora Organization (UNDO)

डिसेम्बर २२, २०२५

 

थप जानकारीको लागि: 

https://undo.org.np/

https://www.facebook.com/profile.php?id=61571182585448