भाडाको चुकुलले गिरेका मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सुनियोजित रुपमा प्रायोजन गरिएको चुकुल लगाएर आफ्नै प्रतिवेदनमा छलफल गर्न आयोजित बैठकमा बस्दा आफ्नै साख गिराएका मात्र होइन सर्वत्र आलोचित भएका छन्।

जुन ३, २०२४ बुधबार पार्टीको बैठकमा उनले यस्तो हर्कत देखाएका हुन्। पहिलो कुरा त बैठकमा बोल्न नपाउने भन्ने उनीले प्रतिवेदन पेश गर्दा प्रेसमीट गरे। त्यसभन्दा पनि ठुलो कुरा उनि साझा-विवेकसीलको लाइनमा जानुपर्ने र अन्तमा बिलय हुनुपर्ने पट्टीका प्रयोजनमा भएको प्रष्ट नै देखियो। जहाँ गहिरो त्यहीं पानी भनेझैं डा. ढकाल पहिला देखिने संकास्पद रहेको कुरा रास्वपा वृत्तले बताउँछ।

पार्टी बैठकमा नै उनको सबैले बिरोध गर्नु, सबैको मत लिएर त्यसैका आधारमा पार्टी सभापति रवि लामिछानेले बैठक लाइभ नगर्ने निर्णय गर्नु प्रजातान्त्रिक भएन र ? के कांग्रेस, एमाले, माओवादीहरुका सभापति/अध्यक्षहरुमा बहुमतको आधारमा निर्णय सदर गर्ने हिम्मत छ त ? महाधिवेशनमा को को उम्मेदवार हुन पाउने को को हुन नपाउने भन्ने लिष्ट बनाउने अन्य पार्टीका सभापतिहरुलाइ यो चुनौती भएन ?

आफैंले बनाएको प्रतिवेदन माथि छलफल गर्न बसिएको बैठकमा आफूमाथि पार्टीबाट ह्यारसमेन्ट भएको बताउने डा. कुकुल ढकालको चुकुल नाटक प्रायोजित देखिएन र ? कारन के त ?

पछिल्लो समय आएर नेकपा एमालेका केपी शर्मा ओलीले आफ्ना समर्थकहरु रास्वपामा नजाउन भनेर रास्वपालाइ च्यापेर राखेका थिए। अहिले आएको राजनैतिक समिकरणमा रास्वपा बाहिरिएपछि यो बिषय उठ्यो। उसै पनि रास्वपा सभापति र नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउबाबीच सामिप्यता महामन्त्री गगनकुमार थापालाई साइड लगाउने भएको छ। अबको एमाले-कांग्रेसको नीति भनेको आफ्नो पार्टी सुधार्ने होइन  रास्वपा फुटाउन शक्ति खर्च गर्ने हो। 

त्यसैको फलस्वरुप ओली र थापाको प्रायोजनमा अर्का महरा भएका हुन् डा. मुकुल ढकाल। उनले बैठक पछि बोलेका कुरा र तर्क हेर्दा पूर्ण रुपमा प्रयोजित देखन्छ। ठ्याक्कै गगन थापाको लेखनदासले लेखेकै भाषा छ। यो काण्डले भाडाको चुकुल लगाएका मुकुलको हैसियत गिरेको छ। 

https://www.facebook.com/Rastriyaswatantraparty/

Comments
Related News
Latest Post