नेपाली कांग्रेसले पार्टीको आसन्न महाधिवेशनको लागि केन्द्रीय निर्वाचन समितिमा मनोनित सहित पूर्णता गरिएको छ। वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती संयोजक रहेको समितिमा अधिवक्ता एगराज पोखरेल र अधिवक्ता तेज रावल सदस्य थिए। अब वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी, अधिवक्ता राजु कटुवाललाई मनोनयन गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा मनोनयन गरेको कुरा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
