प्रकाशमान सिंहको नेतृत्वमा काँग्रेस सरकारमा जाने

नेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ।

थुप्रै कांग्रेस र संचार माध्येमहरुले गेस गरेको जस्तो कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइरालाको नाम भजाए पनि अन्तिम अस्त्र भने प्रकाशमान सिंहको हो।

नेपालका मन्त्रि को हुने या नहुने भन्नेमा चीन र भारतको पनि चासो रहन्छ। पछिल्लो समय सिटौला र अन्यको अवस्था खस्किएको छ। उसै पनि पार्टी सभापति शेरबहादुर देउबाले सिटौला, निधि र कोइरालालाइ भाग दिइसकेका छन् र बाँकी प्रकाशमान सिंह मात्र हुन्। उपप्रधान तथा गृहमन्त्रीमा प्रकाशमान सिंह हुने पक्का जस्तै भएको छ।

अरुलाई सरकारमा पठाउँदा आगामी महाधिवेशनमा डा. आरजुलाइ सभापति बन्न र आम निर्वाचनमा टिकेटको चक्कर खेल्न असहज हुने भएकाले सभापति देउबाले सिंहलाइ रोजेका हुन्। सिंह कांग्रेस नेताहरुमा चीनले पत्याउने मध्ये पर्दछन। तर सिंह सरकारमा जानको लागि भने महामन्त्री गगनकुमार थापाले असहज मानेका छन्।

कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय हुने बताइन्छ। एमालेले प्रधानमन्त्री सहित अर्थ मन्त्रालय रोजेको छ। अन्य मन्त्रालयको भागवण्डा भइसकेको छैन। तर पनि कांग्रेसले परराष्ट्र, स्थानीय बिकास, संसदीय मामिला जस्ता मन्त्रालय रोजेको छ। 

कांग्रेसका अन्य मन्त्रीहरुमा रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, उदय शम्शेर राणा, चन्द्र भण्डारी लगायतको नाम आएको छ।

Comments
Related News
Latest Post