८४ को चुनाव देखि डरले मरेका कांग्रेस-एमालेले लठबन्धनको सरकार बनाउने

आगामी २०८४ को निर्वाचनमा आफ्नो हैसियत तरल हुने देखेपछि नेपाली कांग्रेस र नेकपा एकाले दुवै डरले राता-रात एकाघरका हुनपुगेका छन्। तर यो लठबन्धन भने दुइ बर्षपछि नेपाली कांग्रेस सोत्तर हुने अर्को सड्यन्त्र हो।

अन्य पार्टीको अग्रता र जनाचासो आफूहरुप्रति नदेखे पछि कांग्रेस र एमालेमा एक किसिमको त्रास आएको थियो। एकातिर भ्रष्ट्राचारको खुलासा हेन त्रास अर्कोतर्फ थियो। तिनै दुइ मुख्य कारणले गर्दा कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने मध्यरातमा सहमति राष्ट्रपति निवासमा भएको हो।
संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सोमबार  राति सहमतिमा हस्ताक्षर भएको छ। दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको बताइन्छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए। कांग्रेस-एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका थिए। 

कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने एमालेबाट अध्यक्ष केपीशर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरू रहेको बताइन्छ। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको नेताहरू बताउँछन। यसो भएता पनि अन्तिमा पुग्दा फेरी एमालेले अन्य दलहरुसँग मिलेर कांग्रेसलाइ पाखा लगाउनेछ। 

एमाले कांग्रेसबीच भएको मुख्य मुख्य सहमतिहरु

  • एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने
  • अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने
  • एमाले- कोशी, लुम्बिनी, कर्णाली प्रदेश सरकार
  • कांग्रेस- बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेश सरकार
  • मधेष प्रदेश भारतपरस्त मधेषी दललाई दिने
  • निर्वाचन प्रणाली संशोधन
  • पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने
Comments
Related News
Latest Post