जय नेपाल फाउनडेशनको आयोजनामा शैक्षिक वेबिनार

नेपालको प्रजातान्त्रिक ब्यबस्थाप्रति चासो राख्दै अमेरिकामा दर्ता भएर नेपाल र बिश्वका धेरै देशमा बिस्तार हुँदै गएको जय नेपाल इन्टरनेशनल फाउनडेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा अष्ट्रेलिया च्याप्टरले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल विषयक वेबिनार आयोजनाको आयोजना गरेको कुरा जनाइएको छ।

संस्थाका अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए अनुसार कार्यक्रममा खुला शिक्षा:कोभिड-१९ पछिका अवसरहरू, नेपालमा प्रवृत्ति र चुनौतीहरू लगायतका बिषयमा वेबिनार हुनेछ।

कार्यक्रमको विवरण

  • नेपाल: मिति: जुन २९, २०२४ (शनिवार ) समय र अवधि: बिहान ८:०० देखि १०:०० बजे
  • अमेरिकाज: मिति: जुन २८, २०२४ (शुक्रवार ) समय र अवधि: साँझ १०:१५ देखि १२:१५ बजे (न्युयोर्क समय) समय र अवधि: साँझ ०७:१५ देखि ०९:१५ बजे (क्यालिफोर्निया समय)
  • ZOOM: 94536469651 PW: 2024
Comments
Related News
Latest Post