परिवर्तनमा असहमत छैन् तर नागरिकलाई दुःख दिने कुरामा सहमत छैन: सभापति लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र आफ्ना दलका मन्त्रीहरुले यो पहिलो तीन महिना सरकारमा बसेर कुनै पनि नराम्रो काम नगरेको बताएका छन्। 

बिगत र अरु पार्टीको जस्तो गफ, गाली र बिरोध होइन सरकारमा बसेर काम गर्नुपर्छ, हामी काम गर्छौं र गरिरहेका छौ। यो अबधीमा हामीले धेरै काम गरेका छौं। यदि काम गर्न सकेनौं भने सरकारबा बस्नुको अर्थ छैन बाहिरिन्छौं। जुन १२, २०२४ बुधबार काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवस कार्यक्रममा सभापति लामिछानेले भने यस्तो अभिव्यक्ति दिएका हुन्। 

यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन । तर, केही पनि नराम्रो नगर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो। म छाती ठोकेर भन्न सक्छु, तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्। कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन्, सभापति लामिछानेले भने।

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको लामिछानेले, वितगमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरु दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा गरे।

उनले मञ्चमा बसेका जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रहप्रति जवाफ दिँदै भने, मलाई आन्दोलनबाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन्। तर नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन। अब जनताले दुःख पाउने होइन्, नेताले दुःख पाउनुपर्यो। उनले थपे, नागरिकलाई दुःख नदिइ हामीले गर्नुपर्ने परिवर्तनका लागि तयार छौं।

यस बाहेको सभापति लामिछानेले प्रदेश नेताहरुलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए। व्यवस्थाभित्र तागत भएको तर इमान्दारिपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे।

Comments
Related News
Latest Post