सत्ता र पार्टी जोगाउन पार्टी फुटाउने खराब प्रबृत्ति:महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन्। पार्टी र सरकार जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखेका छन्। जुन ९, २०२४ आइतबार काठमाडौंमा आयोजित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा उनले सत्ता र पार्टी जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको धारणा राखेका हुन्।

महासचिव भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी पनि गरे। एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद् विघटनको। नेकपा (एमाले) जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो उहाँले। जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधान माथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो।

त्यसैगरी पार्टी जोगाउन संसद भंग गर्नुपर्ने, प्रधानमन्त्री जोगाउन पार्टी भत्काउनुपर्ने, गुट जोगाउन विधि-विधान, संबिधान समेत विर्सनुपर्ने, मूल्य, नैतिकता, आदर्श तोड्नुपर्ने अवस्था आउनु दुखद हो। अब समाजवादीहरुले संगठन निर्माणको काममा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

नेपालको निर्वाचनको आंकडा हेर्दा खाएको मतको ४३-४५ प्रतिशत मतदाताहरुले कम्युनिस्ट पार्टीलाई भोट हालेका छन्। मुलुकमा समाजवादको, न्यायको जबरजस्त उपस्थिति छ। तर संगठनले त्यसलाई बोक्न सकेन भने यो सौभाग्य सधैँ रहँदैन।जनविश्वास र आधार भनेको सधैंको लागि होइन।

समाजवादी भनिएका कम्युनिस्ट संगठनका नेतृत्वले प्रधानमन्त्री हुन, संघ वा प्रदेशको मन्त्री हुन, तल्लो तहमा मेयर बन्नकै लागि पनि मरिमेटेको देखियो। उनले प्रदेश र जिल्ला कमिटीका पनि पदकै लागि लागेको तर्क उनले गरे। आम रुपमा पार्टीमा बनेका संसठनहरुले समाजवादी मान्छे निर्माण नगरेको उल्लेख पनि जिकिर गरे।

प्रदेश वा जिल्ला कमिटीको हेर्ने हो भने धेरैजसोको प्रयत्न भनेको प्रदेशमा मन्त्री हुने हो, सांसद हुने हो नत्र मेयर हुने। कार्यकर्ता विभिन्न उपभोक्ता समितिमा बस्ने र सुरक्षित हुने। अहिलेको संगठनले यस्ता मान्छेहरु उत्पादन गर्दैछ। पार्टी संगठन भित्रका कमिटीहरुले समाजवादका लागि बनाएको एजेण्डा हेरे मात्रै पनि त्यसको स्थिति पार्टीभित्र छर्लङ्ग हुन्छ। पदका निम्ति अहिले पार्टीमा गुटबन्दी गर्न सिकाइने कुरा सहि राजनीति होइन, महासचिव भुसालले बताए।

Comments
Related News
Latest Post