नेपाल सरकारले अमेरिका सहित ११ देशबाट राजदूत फिर्ता बोलायो

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अमेरिकासहित ११ देशबाट आफ्ना राजदूतहरुलाइ फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका देशहरुमा अमेरिका, भारत, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल रहेका छन्। फिर्ता बोलाइएका राजदूतहरुमा श्रीधर खत्री, डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य, नवराज सुवेदी, ज्योति प्याकुरेल, डिल्लीराज पौडेल, शर्मिला पराजुली ढकाल, प्रा. डा. रामसुरज यादव र कान्ता रिजाल रहेका छन्।

Comments
Related News
Latest Post