Headlines

रास्वपा सभापति लामिछानेमाथि भएको ज्यादती लिएर मानव अधिकार आयोग जाने

वर्तमान एमाले र कांग्रेसको नेतृत्व सरकारले एक मात्र दुश्मान मानेर बिना कारण दुख दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ) का सभापति रवि लामिछानेमाथि ज्यादती भएको कुरा सबैलाई थाहा नै छ। त्यसै विषलाई लिएर रास्वपा नेताहरू राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन्। 

प्रक्रिया नै पूरा नगरी उनलाई पक्राउ गरिएको र प्रहरीबाट श्रृङखलाबद्ध ज्यादती गरिएको भन्दै उनीहरु आयोग जान लागेका हुन्। उच्च अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै अदालतको पत्र मात्र होइन गिरफ्तारी पत्र पनि नलिएर साग किन्न गएको जस्तो गरि गत शुक्रबार राति लामिछानेको घर पुगेर प्रहरीले उनलाई जबर्जस्ति बिनापुर्जी पक्राउ गरेको थियो।

यस बिषयमा उच्चको आदेश जिल्ला अदालत हुँदै कार्यान्वायन हुनुपर्नेमा प्रक्रिया मिचेर धरपकट गरिएको डा. नारायण घिमिरे लयातका कानून व्यवसायीले बताउँदै आएका छन्। यसअघि अनुसन्धानको क्रममा पनि मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा प्रहरीको कार्यशैलीको आलोचना भएको थियो यो पटक पनि तेस्तै बिरोध हुँदै आएको छ।

Leave a Reply