सुनको भन्सार दरसँगै सुनको मूल्यसमेत बढ्न थालिसकेको छ

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार करमा वृद्धि गरेसँगै त्यसको असर आन्तरिक बजारमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लागि रहेको बेला सरकारले करवृद्धि गरेको छ। बजेट अनुसार सुनको कर ५ प्रतिशत बढेको छ। यसअघि सुनको भन्सार कर १५ प्रतिशत रहेकामा बजेटसँगै यो २० प्रतिशत पुगेको हो यससंगै सुनको कर बढाउँदा चोरी पैठारी बढ्ने आरोप सुन-चाँदी ब्यबसायीहरुले लगाएका छन्।

सुनको भन्सार दर बढेसँगै बजारमा सुनको मूल्यसमेत बढ्न थालिसकेको छ। बजेट घोषणा भएको दिन सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएकोमा शुक्रबार सम्म आइपुग्दा मूल्यले रेकर्ड बनाइसकेको छ। अर्थात शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ पुगिसकेको छ।

Comments
Related News
Latest Post