युनाईटेड किरात राई अर्गनाइजेसन आफ अमेरिका-UKROA को न्युयोर्क च्याप्टरले आफ्नो सातौ अधिवेशन १०२५ न्युयोर्क को ज्यक्सन हाईटमा सम्पन्न गरेकोछ। अधिवेशनले सन २०२५ देखि सन २०२८ सम्मको कार्यकालको निम्ति अरुन मेवाङ् राईको नेतृत्वमा १५ सदस्यीय र एक कल्चर कोअर्डिनेटर ,एक महिला कोअर्डीनेटर सहित सत्र च्यप्टर कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ।
अधिवेशनका प्रमुख अतिथि, वर्तमान केन्द्रिय सदस्या गरचा राईले समारोहलाई सम्बोधन गर्दै, किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धनमा लाग्नु पर्ने बताए।
युवा पिढीहरु एक उमेरमा बाहिरको रौनक तिर आकर्षित हुने र सजिलै मन बरालिन सकिने भएको हुदा आफु सचेत हुनपर्ने बताउदै अलि उमेर पाकोपन हुदैजादा र हरेक जिवन शैलीहरु मिलाउदै जादा समाजमा घुलिदै जादा बल्ल आफ्नो संस्कार र संस्कृति अनी पहिचान को महत्वो अझ गहिरो गरी बुझिन्छ। त्येसैले युवाहरु अहिले बाट नै आफ्नो संस्कार, संस्कृतिलाई जीवन्त राख्न सकृय भूमिका मा उभिएर अघि बढ्न सके भविष्या उज्वाल हुने बताए।
नवगठित कार्यसमितिमा अध्यक्ष अरुन राई, वरिष्ठ उपाध्यक्ष वसन्ती राई, उपाध्यक्ष प्रमल राई, उपाध्यक्ष तेशुराज राई, महासचिव सृजना वाहिङ, सचिव उत्तर थुलुङ राई, कोषाध्यक्ष विनोद चाम्लिङ राई ,सहकोष अध्यक्ष मनिषा चाम्लिङ राई वोर्ड सदस्यहरु उधिर राई,निलम राई ,दिपेस राई ,जेनी महर्जन राई ,शान्ति राई ,अर्पन राई ,मनिराज राई र कल्चर कोअर्डिनेटर मा रोसन राई र महिला कोअर्डीनेटर मा सरिता राई चयन भएका छन्।