राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण जाँदै

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणमा जाने भएका छन्। जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम पनि रहेको हुनाले, भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।

Comments
Related News
Latest Post