गगनको लहैलहैमा बेतुकको आन्दोलन गरेको कांगेस फेरि पछारियो

बिगत ३ बर्ष देखि केवल एउटा व्यक्ति रवि लामिछानेको पछाडि परेको कांग्रेस यो पटक भारतीय पक्षका गगनकुमार थापाको बेतुके स्वार्थी लहै-लहैमा लाग्दा फेरी हारेको छ।

संसदीय समिति भनेर संसद नै अबरुद्ध गर्दै आएको कांग्रेसले अन्तमा केवल नामको मात्र समिति बनाउनमा सहमत भएको छ। यसको पछाडी संसदमा गत पटक उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दिएको सटिक दनकले पछारिएका कांग्रेस महामंत्री थापा समेतको पोल खुलेपछि कांग्रेस हच्केको हो। उनै महामन्त्री थापाले आफ्नो गएको हुर्मत जोगाउन यस्तो सहमति गर्न बिनासर्त मानेका हुन् अन्यथा उनि पनि छानविनको घेराउमा पर्ने पक्का थियो।

अन्तमा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम उल्लेख नगरिकनै संसदीय छानबिन समिति बनाउन सहमत भएको छ। जसअनुसार मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका छन्। जसअनुसार समितिको सभापति सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापालाई तोकिएको छ । 

समितिमा नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेको तर्फबाट थापा र सरिता भुसाल सदस्य छन् । यस्तै, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, राप्रपाका ध्रुबबहादुर प्रधान र रास्वपाका शिशिर खनाल छन्। समितिलाई तीन महिनाको समय तोकिएको सभामुख घिमिरेले संसद् बैठकमा जानकारी गराए।

Comments
Related News
Latest Post