आज परेको अमेरिकी मेमोरियल डे, छोटो इतिहास सहित

अमेरिकाको इतिहास पढ्नेहरु सबैलाई थाहा छ अमेरिकी मेमोरियल डे र यसको इतिहासको कुरा। बिधार्थीहरुलाइ त झनै धेरै थाहा हुन्छ। हामी नयाँ अमेरिकीहरुलाइ पनि यसबारे धेर-थोर जानकारी छ नै। यहाँ केहि अध्ययनबाट र केहि रेकर्डका आधारमा आज परेको हरेक बर्ष मे अन्तमा पर्ने मेमोरियल डे बारे केहि लेख्ने प्रयास गरिएको छ।

इहिहास अनुसार पहिलो मेमोरियल डे मे ३०, १८६८ मा सुरु गरिएको हो। मेमोरियल डेलाइ सुरुका दिनमा Decoration Day भनिन्थ्यो। सुरुमा रिपब्लिक आर्मी गार्डका कमाण्डर इन्चिफ John A. Logan को स्मृतिमा सुरु गरिएको हो र बिस्तारै यो फैलिंदै गएर अमेरिकी राष्ट्रिय दिवस भएको हो। यस सिवासमा अमेरिकी राष्ट्रपतिले सहाद सैनिकहरुको स्मृति स्थल जाने र बिशेष बक्तब्य दिने चलन छ।  

यो अमेरिकी होलिडे मध्ये एक हो। खासमा मेमोरियल डे सोमबार पर्ने हुनाले महिनौं र हप्तौं देखि यो Long Weekend मा छुट्टी मनाउने प्लान गर्छन। मे महिनाको अन्तिम सोमबार मेमोरियल डे मनाइने गरिन्छ। मेमोरियल डे अमेरिकी आर्म फोर्स सेवामा रहंदा सहादत प्राप्त गर्ने मिलिटरी पर्शनहरुको संझनामा मनाइने स्मरणको दिन हो। यसदिन उनै सहादत प्राप्त गर्ने बीर सैनिकहरुको श्रद्धा सुमन स्वरुप मनाइन्छ। उनीहरुको चिहानमा फुल चढाएर, प्रार्थना गरेर, उनीहरुको प्रसंसा गरेर मनाइन्छ।

Comments
Related News
Latest Post