-Krishna KC, USA

राजनीति कसले, किन, के का लागि गर्ने, नेपालमा कसले गरिरहेका छन

Hollywood Khabar December 01,2022 Comments

कृष्ण के सी, डिसेम्बर १, २०२२

नेपाली राजनीतिको बिषयमा औपचारिक अध्ययन नगरेता पनि यसबारे बिमर्श र सहभागितामा भने करिब ३ दशक देखि अलि अलि नजिक छु। उसो त हामी सबैमा राजनीति कसले, किन, के का लागि गर्ने भन्ने जिज्ञासा उठ्नुपर्छ र त्यसको जवाफ हामी सबैमा हुनुपर्छ भन्ने मलाइ मान्नुछ तर त्यसो भएको छैन।

संसारका प्राय सबैजसो देशमा निर्वाचनको आफ्टर म्याथ कुन दलको सरकार हुन्छ भन्ने अनुमान सबैले गर्न सक्दछन। तर नेपालमा भने निर्वाचन सम्पन्न भएर २ महिना पुगिसक्दा पनि काम चलाउ सरकारले हाली-मुहाली गर्दै गरेको हुन्छ। सरकार कसको र कुन संबिधान अनुसार बन्ने कसैले भन्न सक्दैनन। यसो किन हुन्छ त ? जवाफ आफैं खोज्ने प्रयास गर्नुहोला।

मैले गरेको अध्ययन अनुसार राजनीति गर्ने भनेको निर्वाचित हुनको लागि हो। पिडित हुनको राजनीति गर्ने होइन। ठाडो भाषामा भन्नुपर्दा सत्ता प्राप्तिको लागि प्रतिस्पर्धा गर्न राजनीतिमा आउने हो। प्रतिपक्ष हुन र आन्दोलन गर्नको लागि त झनै होइन।

अझै बिस्तृतमा भन्नुपर्दा ब्यक्तिले आफ्नो क्षमताको पहिचान गरेर, सुझ-बुझ र योजना सहित पदावधिभरिमा यो यो काम यसरी गर्छु र त्यसको नतिजा यस्तो आउँछ भनेर निर्वाचनमा प्रतिस्पर्धा गर्न राजनीति गर्ने हो। यदि तपाई र ममा यस्तो कुरा छैनन भने हामीले राजनीति गर्ने होइन मतदाता मात्र हुने हो। भावना, गुट र आफन्तको कारणले मात्र राजनीति गर्नु हुँदैन। बोकेको कुकुरले सिकार गर्दैन, क्षमताले हुन्छ भनेको पनि यहि हो।

प्रजातन्त्रमा निर्वाचन पद्धति भनेको मतदाताले गल्ति गर्दैनन् र उनीहरुले जो छान्दछन सही छान्दछन भन्ने सिधान्तमा आधारित छ। त्यसैले निर्वाचनको नतिजा पछि पराजय भोगेमा कि त फरक रुपले जाउ कि फरक काम गर। तर जसरी पहिला गएको हो त्यसैगरी त्यहि पद कुरेर बस्ने होइन। तपाइले सानदार रुपमा जित्ने अन्य क्षेत्रमा हुन सक्छ राजनीतिमा होइन। उसै पनि हाम्रो जिन्दगी छोटो छ गर्ने काम धेरै छन्।

यसको साइड इफेक्ट पनि मैले अध्ययन गरेको छु। धेरै पटक भनेको, लेखेको पनि छु। दुइ खराब व्यक्ति एकै पदमा उम्मेदवार भएर जित्ने असल र हार्ने खराब हुँदैन। त्यसैगरी दुइ असल व्यक्ति एकै पदमा उम्मेदवार भएर जित्ने बढी असल र हार्ने खराब पनि हुँदैन। तर भन्ने कुरा चाहिं के हो भने, त्यो समयमा त्यो ठाउँका ति मतदाताहरुले जित्ने व्यक्तिलाइ बढी मन पराए। यसको पछाडी आउने निर्वाचन प्रणाली र प्रशानन, शासकीय प्रभावको कुरा पोष्ट इलेक्शनमा आउने अर्को पाटो हो। इतिहास जित्नेहरुको घोडा हो भनेको पनि यहि नै होला।

अब अर्को पाटोको कुरा गरौँ। राजनीतिमा आएका व्यक्तिहरुलाइ निर्वाचन पहिला नै मतदाताले गर्ने पूर्वपरिक्षण भनेको उनीहरु नेपालको निर्वाचन आयोगको लिष्टमा नेपाल अधिराज्यको कुनै पनि ठाउँबाट मतदाता छन् या छैनन। उनीहरु अपराधी, हत्यारा, बलत्कारी, ठगि, भ्रष्ट्राचार जस्ता अपराधमा संलग्न थिए, थिएनन् या अहिले पनि छन् छैनन। यदि थिए भने त्यसबाट सफाई पाएका छन् या छैनन भन्ने जस्ता दर्जनौ कुरा खोजी गर्नुपर्छ।

त्यसैगरी उम्मेदवारले आफू र आफ्नो परिवार पाल्न गरिखाने काम, खेति, ब्यबसाय गरेको छ या छैन। पढे-लेखेको छ या छैन। आफूहरुका कुरा प्रतिनिधित्व गर्छ या उसको पार्टीको मात्र सुन्छ। यस्ता दर्जनौ प्रश्नावलीको टिकमार्कमा जवाफ स्पष्ट पाएपछि भएका मध्ये उम्दा मार्क ल्याउने चाहिंलाइ मत दिने हो। चाहे त्यो जुनै पनि पार्टी या स्वतन्त्र नै किन नहोस। तब मात्र, उम्मेदवार हुन सबैले पाउँछन् अनि निर्वाचित चाहिं योग्य मात्र हुन्छन। प्रजातन्त्रमा मतदाताले गल्ति गर्दैनन जो छान्दछन सहि छान्दछन भनेको पनि यहि अर्थमा हो। तर नेपालका कुनै पनि राजनैतिक पार्टीहरुले यो बिषयमा बोल्दैनन, सुन्दैनन र सिकाउंदैनन। किन ?

त्यसैले, आम नेपालीहरु रुमल्लिएर ५० औं बर्ष देखि नेपाली राजनीतिमा सक्रिय रुपमा बरालिएका छन्। न उनीहरु उम्मेदवारका लागि योग्य हुन सकेका छन् न अरु केहि काम गर्न सक्छन। न सानदार रुपमा कलेज नै पढे। तर पनि आफूलाइ उम्मेदवार हुन पाउन ढुकुवा गर्न छोडेका छैनन। अझै पनि उनीहरु आफू आफ्नै पार्टी र नेताहरुबाट ठगिएको मान्न तयार पटक्कै छैनन।

यस्ता राजनीतिबाट ठगिएका व्यक्तिहरु मध्ये धेरैको जिविका चलाउने अन्य उपाय कम मात्रमा हुन्छन। रोगले पिडित भए भने उपचारको लागि अरुहरुले देश-विदेशबाट चन्दा उठाएर सपोर्ट गर्नुपर्ने हुन् आउँछ। कति त उपचार गर्न खर्च नभएर अभावमा नै मर्छन। यो उनीहरुको इमान्दारिता होइन आफू र आफ्नो परिवारलाई बिगार्ने सबैभन्दा ठुलो बेकुफी हो।

अन्तमा, राजनीतिमा जाने भनेको थोरै संख्याले मात्र हो, सबैले होइन। अहिलेको नेपाली समाजमा ८०-८५ प्रतिशतको हाराहारीमा नागरिकहरु सक्रिय राजनीतिमा छन्। तर यथार्थ चाहिं एउटा सिंगो जिल्लामा मुस्किलल ५ देखि १५ जना मात्र ब्यक्ति जिल्ला हेरिकन राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धा गर्न सबै कारणले योग्य हुन्छन। बाँकी नागरिक भनेका मतदाता मात्र हुने हो। आफ्नो काम गर्ने हो र जिविका सुधार्ने हो।राजनीति भनेको कुनै पेशा होइन निश्चित समयका लागि नागरिकको लागि काम गर्ने जिम्मेवारीको काम हो। यसो भनि रहंदा धेरैले मलाइ गाली गर्नुहुन्छहोला तर आफैंलाई दर्जनौ प्रश्नावलीको साँचोमा राखेर आफैं परिक्षण गरेर हेर्नुहोस, जवाफ हाजिर हुनेछ।कृष्णार्पण!

अन्य लेखहरु

रोयर अभिव्यक्ति दिएको बमसेल न्यूज सत्य हुन्छ भन्ने होइन रहेछ

नेपालका राजनैतिक पार्टीहरुलाइ सुधार गर्न दवाब भएकोले उनीहरुको पेट पोलेको हो

म जे चाहन्थे त्यो कुनै पाइन, मलाई जे चाहिन्छ त्यो सबै पाएँ- हे भगवान!

दुइ असल व्यक्ति चुनाब लडेर हार्ने खराव र दुइ खराब लडेर जित्ने असल हुँदैन

हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

वा रे सर्बहाराका मालिक; बासी पानी समेत आप्रबासी पिउने

समाजबादीले सुरु गरे, कम्यूनिष्टले निरन्तर दिने गरेको राष्ट्रसंघको महिला दिवस

पञ्चाङ्गेहरुको आइतबार दशैं टीका लगाउने बेतुकको उर्दी पूर्ण रुपमा असफल

अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ

ॐ: जित भन्ने कुरा क्षणिक, हरपल र जिवन्त हुन्छ, कुकुर, स्याल र सिंह जस्तै

कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले लाशको कमिशन माग्न थाले

श्रमिकबाट जम्मा भएको १२ अरब रुपैयाँ उनीहरुलाई नै फिर्ता दिनुपर्छ सरकार

नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा

किन क्रिष्टमस २५ डिसेम्बरमा नै मनाइन्छ, छोटो अध्ययनबाट

गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ

बार्षिक ३०० टन भन्दा धेरै प्लास्टिकका सामानको उत्पादनके हुन्छ

ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

चिल्लो बाटो, टेक्सी ड्राइभरको भाषण, चियापानमा अल्झेको राजनीति र अमेरिकानो कफी

नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ

लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा

राजनीति र कुटनीतिका कुरा:अध्ययन, शुक्रनीति र फेसबुक कमेन्ट समेत

अमेरिकाबाट तत्काल नेपाल जानुपूर्व:जनस्वास्थसँग संबन्धित निम्न कुरा गर्नुहोस

सेवा के हो त

धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना

विश्व युद्धले भन्दा धेरै मान्छे मार्ने कम्यूनिष्ट र काँग्रेसमा ५५ बर्ष उमेरका कुरा

उनले भने- सफा र चिटिक्क पहिरन लगाउनाले मन चंगा हुन्छ र जोश बढेर आउँछ

इमेल,पत्र उजुरी र क्रिमिनल चार्ज तयारी सुनेपछि प्रचण्ड क्यानाडा भाग्ने अनुमान

बिशेषज्ञहरुले नेतृत्व गरेको जिपि कोइराला फाउण्डेशन क्यानडा, मे मा हुने सम्मेलन

पशुपति भयौ अति कान्छाहरु उरालेर गाउनु पर्ने तिम्रो मति

प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को

लघु कथा: तलब बढाउँदा र घटाउँदा पनि कुनै प्रतिकृया नजनाएको मान्छे

माघ महिनामा धेरै दर्शनार्थी आउने सन्तानेश्वरको भिडियो सहित

रेशम फिरिरि रेशम फिरिरि जेलमा जाउँ सल्युट खाउँ रेशम फिरिरि