-नुवाकोटबाट सुरु भएको भनिएको साँढे-गोरु जुदाउ प्रतियोगिता

अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ

Hollywood Khabar January 14,2021 Comments

कृष्ण के सी, अमेरिका ०१/१५/२१

एउटा त अबोध प्राणी अर्कोतिर त्यसलाई जुदाइने कार्यक्रमको आयोजना गर्नु र त्यसबाट मनोरंजन लिनु प्राणी माथिको अत्याचार मात्र होइन अपराध पनि हो।

हरेक बर्ष माघे सक्रान्तिमा लामो समय देखि नुवाकोटबाट सुरु भएको भनिएको साँढे-गोरु जुदाउने प्रतियोगिता आजभोलि धादिङ्ग र गोरखामा पनि थालिएको छ। सामान्य रुपमा हेर्दा यो कदम मनोरंजन भनिएपनि प्राणी माथिको अपराध सरहको हो। यस्तो कदम तुरुन्त बन्द गर्नुपर्छ भन्ने कुरा पशु अधिकारवालाको भनाइ छ। उसै पनि गोरु भगवान शिवको बहान नन्दी हो, नेपालमा यसलाई पुजनीय मानिन्छ छ। गोरुलाई जोतिएला, गाडा तान्न लगाइएला तर खाना, दाना-पानी दिन्छन, उनीहरुलाई करुणा साथ पालिन्छ। तर त्यसै गोरुलाइ अर्को गोरुसँग जुदाएर मनोरंजन लिनु भनेको महापाप हो। हुन त यो मनोरंजन होइन तमासा हो।

यति मात्र होइन कतिपय ठाउँमा तमासा हेर्न बसेका स-साना बाल-बालिका, बृद्ध, शारीरिक रुपमा भाग-दौड गर्न नसक्ने अशक्तहरु समेत हुन्छन। रिसाएको गोरुले उनीहरुमाथि जाइलाग्न अवस्था पनि हुन्छ। प्राय सबै खेलमा त्यस्तो खालको अवस्थामा जोखिम ब्यबस्थापन पनि छैन। यहाँ सम्मकी नजिक फेरो दुर्घटना उपचार, घाउ-चोट लागेको गोरुलाई उपचार गर्ने तयारी पनि देखिंदैन।

अर्को पक्ष पनि छ जसलाई फरक रुपमा गर्न सकिन्छ। सम्पूर्ण सुरक्षा र संकट व्यबस्थाको तयारी पुरा गरेर गोरुलाई सुन्दर बनाएर पालिएको छ भने त्यसको प्रदर्शन गर्न सकिन्छ। त्यस्ता गोरु प्रदर्शन मानिस र परिवारसँग मिलानसर छन् भने, तिनलाई एकल या मासमा प्रदर्शन गर्नु राम्रो कुरा हो। यति मात्र होइन गोरुका सुन्दर गतिबिधि प्रदर्शन गरेर मनोरंजन दिनु, गोरु सिंगार र सुन्दर बनाएर प्रदर्शन प्रतियोगिता आयोजना गर्न अर्को राम्रो पक्ष हो। तर उनीहरुलाई आपसमा जुदाउने कार्यगर्नु अत्यन्तै निन्दनीय कुरा हो। यसलाई स्थानिय सरकारले दण्डनीय कानुन बनाउँदै तुरुन्त बन्द गर्नुपर्छ।