-दिलु पन्त, काठमाण्डौ, मार्च १७, २०२१
मुस्कुराउनकै लागी त
मुस्कानको होइन खुशीको जरुरी हुन्छ
जुन मलाई सबैले दिन सक्दैन
तर तिमीलाई खुशी हुनको लागी अनेकौ कारण छन्।१।
तिमीलाई त मैले बगैचामा
फूल्ने सुन्दर फूल ठान्थे
बनै खाने बनमारा पो भएछौ
दयाको हिरा टल्काएर
मुखमै किला ठोक्ने
क्रुर रुपि बल्छी पो रहेछौ।२।
छदम भेषी गोही जस्तो
आंशु रुदै सिकार निल्ने
त्यो जमानाको शासक जस्तो
जो कालो थियो।३।
नागरिकका पसिनामा पौडिने
बादशाहको नयाँ रुपमा
अवसरबादी कु:शासक
बादशाह !! को नयाँ रुपमा
दलाल पो रहेछौ।४।
हो त,
चील देखाएर चल्ला चोर्ने
तिम्रो पुरानो बानी अहिले पनि उस्तै रहेछ
सुध्रीयौ कि भने मेरो भ्रमले निकास पाएन
माना उताको गाना यताको
तिमिलाइ अति सुहाउने, छट्टु उस्तै आज पनि
मयुरी नाच्छौ।५।
मन कागको भए पनि
महा सामन्त हुने बिशिष्ट रहर तिम्रो
भुइ मान्छेहरुका टाउकोमा टेकेर सबारी हाक्ने
वा रे वा आलिस्सानी सर्बहाराको मालिक
पानी समेत बिदेशि पिउन थालेछौ।
राता रात तिमी त
नवाव र सुल्तान बनेछौ।६।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!