-हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

Hollywood Khabar November 06,2021 Comments

नोवेम्बेर ६, २०२१, शनिबार

आज एउटा फिल्म हेर्दा जम्मा एउटा वाक्य सुनेर धेरै कुरा मेरो सिकाइमा आयो। हरेक प्रसङ्ग र बिषयमा लडाइ लड्नु र लड्न बाध्य पार्नु दुवै जरुरी रहेन छ। पहिला लड्न बाध्य पार्नु र लड्नु अनि बिचमा मिल्ने र मिलाउने कुरा गर्नु दुवै गलत तरिका रहेछन। त्यो त लड्ने र लडाउनेका सर्दारको बहान हो।

जीत लडाइले मात्र हुने होइन रहेछ, जसको जीत हुनुछ समयको अन्तरालमा आफै नभएपनि बुद्धिमताले जीत हुन्छ नै। तुरुन्त लड्नुको सट्टा एक कदम पछाडी हट्नुमा कसको के नै गुम्छ र ? केहि समय शान्त रहनु, परिस्थितिकाबारे सोच विचार गर्नुमा बेफाइदा नै के हुन्छ र ?

हरेक मानिसमा एक पटक पड्कने र उत्पात मच्चाउने क्षमता मात्र होइन बानी र कथा पनि हुन्छन। त्यसलाई उकास्ने या बाध्य नपार्नु नै दोश्रो पक्ष आफ्नै सुरक्षा हुन्छ। हरेक कुरा लडाइले मात्र समाधान खोज्ने र लड्न बाध्य पार्ने कारण देश, राज्य, समाज, सँस्था र परिवारमा पनि अबरोध आउँछ। अबरोधले ढिलाई गर्छ र लडाइमा उकास्ने र लड्ने बाध्य पार्ने दुवै पक्षको घाटा मात्र हुन्छ। यी दुवै कारणले आम नागरिकको जीवनमा जहिले पनि बितृष्णा पैदा गर्दछ।

लडाइमा हार्नेको लागि सबै कुरा घाटा भएता पनि उसले आफ्नो हारका साथमा एउटा प्रतिशोधको हरियार जितेको हुन्छ। जित्नेले पनि जीवन, जगत र सम्पति लगायत धेरै कुरा गुमाएर लडाइ मात्र जितेको हुन्छ। यति मात्र होइन अनिश्चित समयको लागि फेरि हार्न सक्ने डरको लडाइ पनि जितेको हुन्छ। यति मात्र होइन पक्ष-विपक्ष बढेर अनन्त सम्म समाधान नहुने प्रतिशोधको ग्रहणको टिका सहित जितेको हुन्छ। प्रतिशोधको ग्रहण कुनै न कुनै समय कुनै न कुनै किसिमले बल्झेर आउँछ। अनि अहिलेको जीत कालन्तरमा हार र भष्माशुरमा परिणत हुनसक्छ।

खराब र असल दुवै कुरा बिर्सनको लागि कुनै बहाना चाहिंदैन न त कसैले महँगो मूल्य नै चुकाउनुपर्छ। यो बिर्सने कुरा अल्सहाइमरका बिरामीको जस्तो होइन। समाज सुधार्नको लागि निशुल्क रुपमा प्रकृतिले मानवलाइ दिएको अमुल्य उपहार हो। बिर्सन केवल एउटा मन परिवर्तन गर्दा सहजै हरेक कुरा सरल रुपमा बिर्सन सकिन्छ। तर घमण्डले संघार गर्छ भन्ने कुरा हाम्रा पूर्वीय दर्शनले हरेक पटक हरेको बिषयमा दिएको उपदेश हो।

कम्युनिष्टले भनेको जस्तो हाम्रो धर्म हाम्रो लागि अफिम होइन तर हाम्रो दैनिकी हो। धर्मको महत्व समाज नियन्त्रण गर्न, जीवन र जगतको निरंतरता दिनको लागि आवश्यक कुरा हो। त्यसैले हरेक समाजमा धर्म हुन्छ, कानुममा पनि धर्म हुन्छ किनकी संरारका सबै संबिधानको श्रोत धर्म हो। अधर्मीहरु पापी हुन्छन र मानव र जगत संहार गर्नको लागि पनि पछि पर्दैनन। त्यसैले कम्युनिष्टहरु धर्मको बिरोध गर्छन, अधर्मी हुन्छन र मान्छे मार्छन। उसै पनि इतिहास पढ़दा संसारमा सबैभन्दा धेरै लड्न र लडाइका कुरा गर्ने मानिस कम्यूनिष्टहरु हुन्। उनीहरुले संसारका सबै अरु युद्धबाट भन्दा धेरै मानिस मारेका छन्। लड्ने भन्ने शब्दले सबैको हार मात्र हुन्छ। त्यसैले संसारबाट कम्युनिष्टहरु हार्दै र बिलाउँदै गएका छन्।

उसो त धर्ममा पनि लडाइ भएको इतिहास पढिन्छ। त्यसको ब्याख्या फरक रुपमा छन। हरेक धर्मले धर्मकालिन युद्ध, युद्धका कारण तत्व अनि नतिजामा प्राप्त कुरा सबै दिएका छन्। धर्मले युद्ध लड्न होइन नलड्नको लागि सिकाएका छन्। तर पनि एउटा मात्र कुरा कमान छ, अधर्मको बिरोध गर, लड्न बाध्य नपार र लडाइ नगर।

सबैभन्दा शक्तिशाली को ?

सजिलो कुरा, सबैले एक कदम पछाडी हटेर सही समयमा आफ्नो र आफ्नो लागि प्राप्त शाक्ति प्रयोग गर्दा सबैभन्दा बुद्धिमान कहलिने रहेछ। शक्ति सबैमा फरक रुपमा हुन्छन। बुद्धिमानहरु सधैं शक्तिशाली हुने रहेछन। लड्न र लडाइ रोक्न आफन्तलाइ होइन प्रतिद्वन्दीलाइ कन्भिन्स गर्नुपर्ने रहेछ।

यो दुनियाँमा सबैभन्दा शक्तिशाली बुद्धिमानहरु रहेछन। सिद्धार्थ गौतम बुद्ध भएपछि कहिल्यै पनि लडेनन। आजको दुनियाँमा बुद्ध भन्दा शक्तिशाली अरु कोहि छैन। कारण, बुद्धको बिरोध गर्ने कोहि पनि छैन। आस्थाले या फेसनले बुद्ध मुर्ती प्राय सबैतिर देख्न सकिन्छ।

यो मैले आज आफ्नै लागि सिकेको कुरा हो। मेरो सिकाइमा कसैलाई सहमत या असहमत हुने भोट मागेको छैन। कसैलाई मन नपरेपनि मेरो हृदय देखिको कुरा हो, कोहि असहमति हुँदैमा त्यो परिवर्तन नहोला नि ? **कृष्णार्पण!**