-प्रचण्ड उनकी श्रीमती सीता दाहाल र छोरीका साथ

इमेल,पत्र उजुरी र क्रिमिनल चार्ज तयारी सुनेपछि प्रचण्ड क्यानाडा भाग्ने अनुमान

Hollywood Khabar March 18,2019 Comments

पुष्प कमल दाहाल-प्रचण्डको नेतृत्वमा माओबादी तथाकथित जनआन्दोलन भन्दै १७ हजार भन्दा धेरै नेपालीहरु मारिए। अन्तत, शान्ति वार्ता हुँदै प्रचण्ड सत्तामा पुगे, प्रधानमन्त्री सम्म बने। तर उनै प्रचण्डको नेतृत्वबाट पिडित परिवारहरु भने उस्ताको उस्तै छन। यति मात्र होइन सैनिक र प्रहरीका कमाण्डरहरुलाई गोली प्रहार गरेको आरोपमा कतिपयलाइ शान्ति सेना र पिस किपिङ्गमा जान समेत प्रतिबन्ध छ।

उनीहरुद्धारा पिडितहरु विश्वका धेरै देश र अमेरिकामा पनि छन्। सोहि प्रकृतिको बिषयलाई लिएर गत पटक डा बाबुराम भट्टराईलाइ कालो झण्डा प्रदर्शन गरियो। अमेरिकामा डा भट्टराइका एक-दुइ कार्यक्रमहरु समेत प्रभावित भए।

हाल, सोहि पूर्व आतंकवादी माओवादी पार्टीका कमाण्डर प्रचण्ड उनकी श्रीमती सीता दाहालको उपचारार्थ अमेरिका आएका छन्। उनी अमेरिका पुग्नुपूर्व देखि सुरु भएको उनको विरोधमा अमेरिकी निकायहरुमा पत्र दर्ता देखि क्रिमिनल चार्जमा उनुरी दर्ता गर्न कानुनबिदसँग सल्लाह लिएको सम्मका कुरा प्राप्त भएका छन्। यसै क्रममा थुप्रै व्यक्तिहरुले एफबिआइ र होमल्याण्ड सेक्यूरिटीमा समेत प्रचण्डका बिरुद्धमा इमेल र पत्र पठाएका छन्।

ति सबै नियाली रहेका उनका निकटतम मानिने एकजना पत्रकार, एक कलेज शिक्षक र अर्का एकजना पूर्व राजनीतिक क्षेत्रका व्यक्तिको सल्लाहमा प्रचण्ड क्यानाडा भाग्ने तयारी गरेको अपुष्ट खबर आएको छ।

हुनत उनले जोन हप्किन्स हस्पिटलको मेन गेटमा खिचाएको फोतो सर्वत्र ब्याप्त भएको छ। सो फोटो प्रचण्डकी छोरी गंगाले सामाजिक संजालमा पोष्ट गरेकी हुन्। हाल उनको उपचारको सबै चाँजो-पाँजो नेपाली दूतावासबाट भएको छ।

हुन त प्रचण्ड १० दिन अमेरिका बस्ने योजना थिए। पछिल्लो समय भने उनको प्लान चेन्ज गरेर छोरी र ज्वाई मात्र अमेरिका बसेर आफू क्यानाडा हुँदै नेपाल फर्कने तयारी गरेको कुरा प्राप्त भएको छ।

नेपालका केहि मिडियाहरुले प्रचण्ड बिरुद्ध इमिग्रेशन बाहेक अन्य इन्भेष्टिगेशन नगर्न दूतावासबाट सर्कूलर जारी भएको बताएका छन्। सामान्यतया सर्कुलर दूतावासले होमल्याण्डलाइ नदिनुपर्ने हो। डिपार्टमेन्ट अफ स्टेट या होमल्याण्ड सेक्यूरिटीले मातहतकालाइ दिने हो।

तर पनि क्रिमिनल चार्ज अपिल भएको खण्डमा भने उनी माथि तुरुन्तै कारवाही सुरु हुन सक्छ भन्छन एकजना कानुनका ब्यबसायी। यस्तो अपिल गर्न कानुन कम्तिमा पनि दुइ दर्जन जति अमेरिकी सिटिजनहरुले एफिडाभिट पेश गर्नुपर्ने हुन्छ। हाल माओवादी पिडितहरुले सो को तयारी गरिरहेको बुझिएको छ। प्रचण्डका बिरुद्ध क्रिमिन चार्ज दायर गरेमा कानुनी खर्चका लागि आवश्यक भन्दा चार-पाँच गुणा रकम प्लेज भैसकेको बुझिएको छ।

भलै यो पटक कारवाही होला या नहोला तर अरु कुनै पनि पूर्व माओवादी या अरु कुनै आतंकवादीहरुले अमेरिका आउँदा भने बिचार नै गर्नुपर्ने पाठ सिकेका छन्। यहाँ पनि नेपालीहरुले सिक्दै छन्, सचेत भएका छन। डा भट्टराईलाइ गरेको बिरोध ऐले पुग्दा क्रिमिनल चार्ज तयारि सम्म पुग्यो। अब अरु आउँदा भने ठूलो नै तयारी हुन सक्ने अनुमान गर्न सकिन्छ।

थप कुरा, यसबाट नेपालमा मनलाग्दी आन्दोलनको नाममा आतंक मच्चाउने अनि राजनैतिक भर्याङ्ग चढेर सत्ता आरोहण गर्नेका लागि यो सिकाइ पनि हुनसक्ला।